• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आकाशले एउटै खेलमा ४ रेकर्ड बनाएर लखनउलाई आइपीएलबाट आउट गरिदिए


  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • मुम्बई इन्डियन्सका आकाश मधवाल लखनउ विरुद्ध मे २४ मा भएको खेलको सबैभन्दा ठूलो हिरोको रूपमा उभिए। आकाशले साढे तीन ओभरमा ५ रन दिएर ५ विकेट लिए । यसरी उनले धेरै कीर्तिमान आफ्नो नाममा बनाए । २९ वर्षीय आकाश मधवाल उत्तराखण्डको रुडकीस्थित धन्देराका हुन् र उनी ऋषभ पन्तका छिमेकी हुन्।

    Advertisement

    यो आकाशको आइपिएलमा डेब्यु सिजन हो । ३ मे २०२३ मा, उनले आफ्नो पहिलो आईपीएल खेल पञ्जाब किंग्स विरुद्ध खेले। आकाशले अहिलेसम्म ७ आईपीएल खेलमा १३ विकेट लिएका छन् । योसँगै उनले फर्स्ट क्लास, लिस्ट ए र टी–२० मा कुल ६७ विकेट लिएका छन् । लखनउ विरुद्धको खेलमा आकाश माधवालले ४ रेकर्ड बनाएका छन् ।

    आकाश माधवाल आईपीएलको प्लेअफ खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघि, चेन्नई सुपर किंग्सका डग बोलिन्जरले २०१० प्लेअफ वा नकआउट (सेमिफाइनल) मा डेक्कन चार्जर्सविरुद्ध १३ रन दिएर ४ विकेट लिएका थिए, जुन प्लेअफमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो ।

    आईपीएल प्लेअफमा उत्कृष्ट बलिङ

    ५/५ – आकाश मधवाल मुम्बइ इण्डियन्स विरुद्ध लखनउ सुपर जाइन्ट्स, चेन्नई, २०२३
    ४/१३ – डग बोलिन्जर चेन्नइ सुपर किंग्स विरुद्ध डेक्कन चार्जर्स, मुम्बई डीवाई पाटिल, २०१० सेमिफाइनल
    ४/१४ – जसप्रित बुमराह मुम्बइ इण्डियन्स विरुद्ध दिल्ली क्यापिटल्स, दुबई, २०२०
    ४/१४ – धवल कुलकर्णी (गुजरात लायन्स) विरुद्ध रोयल च्यालेन्जर्स बैगलोर, बैंगलोर, २०१६

    आकाश माधवालले ५ रन दिएर ५ विकेट लिए । यो आईपीएलमा सबैभन्दा सस्तो पाँच विकेट हो। यसअघि पनि अनिल कुम्बलेले सन् २००९ मा राजस्थान रोयल्सविरुद्ध ३.१ ओभरमा ५ रन दिएर ५ विकेट लिएका थिए ।

    आईपीएलमा उत्कृष्ट इकोनोमी रेटका साथ ५ विकेटको कीर्तिमान

    ५/५ (इकोनोमी रेट: १.४) – आकाश मधवाल मुम्बइ इण्डियन्स विरुद्ध लखनउ सुपर जाइन्ट्स, चेन्नई, २०२३
    ५/५ (इकोनोमी रेट: १.५७) – अनिल कुम्बले रोयल च्यालेन्जर्स बैगलोर विरुद्ध राजस्थान रोयल्स, केप टाउन, २००९
    ५/१० (इकोनोमी रेट: २.५०)) – जसप्रित बुमराह मुम्बइ इण्डियन्स विरुद्ध कोलकाता नाइट राइडर्स, मुम्बई डीवाइ पाटिल, २०२२

    माधवाल आईपीएलमा लगातार चार वा सोभन्दा बढी विकेट लिने बलरको सूचीमा पनि परेका छन्। उनले आफ्नो अन्तिम लिग खेलमा सनराइजर्स हैदरावादविरुद्ध चार विकेट लिएका थिए। सन् २०१२ मा पनि मुनाफ पटेलले यस्तै कीर्तिमान बनाएका थिए । उनी आईपीएलमा लगातार चार विकेट लिने मुम्बईका दोस्रो खेलाडी हुन्।

    आकाश मधवालले गरेको उत्कृष्ट बलिङ आईपीएलमा अनक्याप्ड खेलाडीले गरेको सर्वोत्कृष्ट प्रदर्शन हो । अनक्याप्ड प्लेयर भन्नाले कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको खेलाडी हो।

    आईपीएलमा अनक्याप्ड खेलाडीको सर्वोत्कृष्ट प्रदर्शन

    ५/५ – आकाश मधवाल मुम्बइ इण्डियन्स विरुद्ध लखनउ सुपर जाइन्ट्स, चेन्नई, २०२३
    ५/१४ – अंकित राजपूत किंग्स ११ पंजाब विरुद्ध सनराइजर्स हैदराबाद, हैदराबाद, २०१८
    ५/२० – वरुण चक्रवर्ती कोलकाता नाइटराइडर्स विरुद्ध दिल्ली क्यापिटल्स, अबु धाबी, २०२०
    ५/२५ – उमरान मलिक सनराइजर्स हैदराबाट विरुद्ध गुजरात टाइटन्स, मुम्बई वानखेडे, २०२२

    आईपीएलको एक इनिङ्समा उत्कृष्ट बलिङ गर्ने खेलाडीको रेकर्ड भने मुम्बइकै अल्जारी जोसेफको नाममा छ । अल्जारी जोसेफले २०१९ इन्डियन प्रिमियर लिगमा उत्कृष्ट बलिङको यो कीर्तिमान बनाएका छन् । अल्जारी जोसेफले सनराइजर्स हैदराबाद विरुद्ध ३.४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन दिएर ६ विकेट लिएका छन् ।

    २५ नोभेम्बर १९९३ मा रुडकी (उत्तराखण्ड) मा जन्मेका आकाश मधवालले करिब चार वर्षअघिसम्म उत्तराखण्ड र पश्चिमी यूपीमा टेनिस बलले क्रिकेट खेल्थे। यसैबीच उनी उत्तराखण्डका तत्कालीन प्रशिक्षक वसीम जाफर र वर्तमान प्रशिक्षक मनिष झाको नजरमा परे । विशेष कुरा के छ भने आकाश माधवालले २४ वर्षको उमेरसम्म कहिल्यै रातो बलले क्रिकेट खेलेका थिएनन् । २०१९ मा उनले पहिलो पटक ट्रायल दिए।

    यहीँबाट उनको जीवनमा यू-टर्न आयो, त्यसपछि वसीम जाफरको कारणले ८ नोभेम्बर २०१९ मा सैयद मुश्ताक अली ट्रफीमा कर्नाटकविरुद्ध खेल्ने मौका पाए। माधवाल हाल रुड़कीको धन्देरामा बस्छन् र ऋषभ पन्तका छिमेकी हुन्।

    उनले इन्जिनियरिङ पढेका छन् । उनले सोखका रुपमा क्रिकेट खेल्न थाले । आकाशका बुबा भारतीय सेनामा थिए, उनको २०१३ मा निधन भएको थियो । सन् २०२२ मा मुम्बई टोलीमा सूर्यकुमार यादवको स्थानमा आकाश आएका थिए । त्यतिबेला मुम्बइले उनलाई २० लाखमा किनेको थियो । यो वर्ष उनलाई टिममै रिटेन गरेर राखिएको थियो । यो आईपीएलमा आकाशको डेब्यु सिजन हो । ३ मे २०२३ मा, उनले पञ्जाब किंग्स विरुद्ध पहिलो आईपीएल खेल खेले।

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.