• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

धोनीले सन्यास नलिने, अर्को सिजन पनि आइपीएल खेल्ने घोषणा गरे


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • सोमबार राति ट्रफी लिन आउँदा कप्तान महेन्द्र सिंह धोनीले अम्बाती रायडु र रविन्द्र जडेजालाई अगाडि राखे । त्यसपछि पूरै टोलीलाई अगाडि सार्दैउनी आफैं पछाडि हराए ।

    Advertisement

    पक पटक फेरि उनी विजयको पलमा यस्तो छायाँमा परे कि खोज्दा पनि फेला परेनन् । त्यसपछि जब क्यामेरा फोकस भयो, उनी आफ्नो टोलीको पछाडि उभिरहेका थिए जुन टोलीले अगाडि उत्सव मनाइरहेको थियो।

    धोनीको कप्तानीमा पाँचौं पटक आईपीएल ट्रफी जितेको चेन्नई सुपर किंग्सको टोलीको यो उत्सव थियो।

    त्यो उत्सव अझै समाप्त भएको थिएन कि धोनी आफ्नो निस्फिक्री शैलीमा कतै गए। त्यसपछि क्यामेराले फेरि उनीमाथि फोकस केन्द्रित गर्यो। केही पाइलाको दुरी पार गरेपछि माही ग्राउन्ड स्टाफको बीचमा पुगे, उनीहरुसँग फोटो खिचे ।

    यो धोनीको पुरानो परिचित शैली हो जुन हामीले वर्षौंदेखि हेर्दै आएका छौं। उही क्याप्टेन कूल जसले सबैभन्दा ठूलो जितको बावजुद पूर्ण संयमका साथ आफ्नो अनुहारमा केही मुस्कान मात्र फैलाउँछ।

    र त्यसपछि यस्तो पल आयो जब चर्चित कमेन्टेटर हर्ष भोगले केही दिन अगाडि सोधेको प्रश्न लिएर अगाडि उभिरहेका थिए । यो प्रश्न धोनीको सन्यासको बारेमा थियो।

    यसबारे धोनीले भने, “यदि तपाईंले अहिलेको अवसर हेर्नुभयो भने, यो सन्यासको घोषणा गर्ने सबैभन्दा राम्रो समय हो। सबैलाई धन्यवाद दिँदै सन्यास लिन मलाई सजिलो छ। जबकि नौ महिनासम्म कडा मेहनत गरेर आईपीएलको अर्को सिजन खेल्नु गाह्रो काम हो।”‘

    “शरीरलाई बलियो राख्नुपर्छ । तर सीएसके फ्यानहरूबाट मैले जति माया पाएको छु, त्यस हिसाबले अर्को एक सिजन खेल्नु उनीहरूका लागि एउटा उपहार हुनेछ।”

    “उनीहरूले जसरी आफ्नो माया र भावना देखाएका छन्, यो मैले उनीहरूका लागि गर्नुपर्ने कुरा हो। यो मेरो करियरको अन्तिम चरण हो। यो यहाँबाट सुरु भयो र यहाँ सबैले मेरो नाम चर्को स्वरमा लिइरहेका थिए। चेन्नईमा पनि यस्तै हुन्छ।”

    “तर फेरि फर्केर सकेसम्म राम्रो खेल्न पाउँदा राम्रो हुनेछ। म जस्तो क्रिकेट खेल्छु, उनीहरूले पनि खेल्न सक्छन् भन्ने लाग्छ। यसमा तपाईले गर्न नसक्ने केहि छैन। र म यसलाई सरल राख्न चाहन्छु।”

    पाँच पटक आईपीएल ट्रफीको कीर्तिमान जित्ने महेन्द्र सिंह धोनीले फाइनल खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेनन् र एक बलमा आउट भए पनि उनको विकेट पछाडिको तिब्रता पनि यस फाइनलमा देखिएको थियो ।

    गुजरात टाइटन्सका ओपनर शुभमन गिल र ऋद्धिमन साहाले प्रति ओभर १० रनको दरले रन जोड्दै थिए। ६ ओभरमा स्कोरबोर्डमा ६२ रन सजियो । उत्कृष्ट लयमा दौडिरहेका शुभमन गिलको दुई पटक क्याच मिस भएको थियो भने रविन्द्र जडेजाले आफ्नो पहिलो ओभर बलिङ गरिरहेका थिए ।

    सोही ओभरको तेस्रो बलमा शुभमनले बल मिस गरे र बल पछाडि धोनीको ग्लोभ्समा गयो । माहीले बिजुलीको गतिमा शुभमनको स्टम्प छरिदिए ।

    धोनीले शुभमन गिललाई एक सेकेण्डमा स्टम्प गरेका थिए । धोनी स्टम्प आउट गराउँदा टिम इन्डियाका प्रशिक्षक राहुल द्रविड र अन्य खेलाडीले पनि खेल हेरिरहेका थिए ।

    ब्याटिङ राम्रो नहुँदा पनि धोनीको यो तीव्रता र कप्तानको रूपमा उनले बनाउने रणनीति खेल जिताउने मुख्य कारण बनेका छन् ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.