सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ कम्पनीलाई कालोसूचीमा राखेको छ। बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
एक वर्षदेखि साढे ३ वर्षसम्म कालोसूचीमा राखेका ति कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन् ।
कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन लाई तीन वर्ष, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवालाई २ वर्ष, वाईपी कन्स्ट्रक्सनलाई साढे एक र बाँकी सबैलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ।
उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेको थियो।

