चितवन । चितवनमा मोटरसाईकर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ५ कल्याणपुरस्थीत भित्री सडकखण्डमा आँफै अनियन्त्रीत भएर ना ६५ प ६७० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक भरतपुर २९ का २७ वर्षिय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भित्री सडकखण्डमा सुकुम्बासि टोलबाट कल्याणपुरतर्फ आउँदै गरेको मोटरसाईकल हिजो आईतबार साँझ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि गम्भीर घाईते बनेका गुरुङ्गको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ बजे ४२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विजयराज पंडितले जानकारी दिएका छन् ।
