चितवन । बाँदरमुढे घटना भएको आज १८ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १८ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ । बाँदरमुढे घटना पिडित समितिले आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको छ ।
‘दोषीलाई कारबाही गर, पिडितको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित पिडितले कार्यक्रम गर्न लागेका हुन् । १८ वर्षसम्म पनि आफुहरुले न्याय नपाएको उनीहरुको गुनासो छ ।
घटना गराउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । उनको गृह जिल्ला चितवन नै भएपनि गएको निर्वाचन लड्न उनी गोरखा पुगेका थिए ।
प्रचण्ड नै प्रधानमन्त्री भएका बेला न्याय नपाए कहिल्यै नपाइने पिडितहरु बताउँछन् ।तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो
