• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘अखण्ड भारत’ को नक्सालाई काउण्टर दिँदै मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

    Advertisement

    भारतले अखण्ड भारतको नाममा नेपालको भूमि समेटेर सार्वजनिक गररेको नक्साको सर्वत्र विरोध भइरहँदा मेयर शाहले महानगरको कार्यकक्षमा सुगौली सन्धी अघिको विशाल नेपालको नक्सा राखेका हुन्।

    यस अघि नेपालको भू-भाग समेटिएको नक्सा नवनिर्मित संसद भवनमा भारतले सार्वजनिक गरेको थियो। भारतको उक्त कदमको सर्वत्र विरोध भइरहँदा मेयर शाहले हाल भारत शासित तत्कालीन अंग्रेजको शासनकालमा खोसिएको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गरेका हुन्।

    यस अघि गत बुधबार नेपलको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीमा पुगेका परराष्ट्र मन्त्री एनपी साउदले अखण्ड भारतको नक्साबारे अनभिज्ञता प्रकट गरेका थिए।

    उनले भारतीय टेलिभिजन आज तकमा अन्तरवार्ता दिँदै नेपाल अखण्ड भारतको नक्सामा नेपालको भू-भाग समेटिएकोबारे बेखबर रहेको बताएका थिए।

    नेपालको कपिलबस्तु र लुम्बिनी समेटिएको उक्त नक्साबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन। यही परिवेशमा मेयर शाहले साहसिक कार्य गरेको भन्दै उनको चौतर्फी प्रशंसा हुन थालेको छ।

    नेपाललगायत पाकिस्तान र बंगलादेशको भूमि पनि समेटिएको अखण्ड भारतको नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने बताएको छ।

    बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरिया आलमले ढाकामा पत्रकारहरुसँगको कुराकानी गर्दै भारत सँग स्पष्टीकरण माग्ने सार्वजनिक रुपमा बताएका छन्।

    तर, नेपालका परराष्ट्र मन्त्री एनपी साउदले भारत सामु नतमस्तक हुँदै नेपाल सरकारलाई कुनै जानकारी नभएको गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए। देशको राजधानीमा अवस्थित महानगरका प्रमुख शाहले भने भारतको नक्सालाई काउण्टर दिँदै ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन्।

    नेपाल अंग्रेज युद्धको क्रममा नेपालले सुगौली सन्धीमार्फत एक तिहाइ भूमि गुमाएर हालको आकारमा सिमित भएको हो। त्यसअघि नेपालको सिमाना पूर्व टिस्टादेखि पश्चिममा काँगडासम्म फैलिएको थियो।

    भारतमा शासन गरिरहेको बेलायती इष्ट इण्डिया कम्पनीले नेपालमा आक्रमण गरेपछि द्विपक्षीय रुपमा सुगौली सन्धी भएको थियो। अपमानजनक रुपमा सन १८१६ मा भएको उक्त सन्धीले नेपालले अधिकांश भूभाग गुमाएर आजको अवस्थामा खुम्चिन पुगेको हो।

    यद्यपि त्यतिबेला गुमाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भारतमा अंग्रेज शासनकालमा सन १८५७ मा भएको सिपाही विद्रोह दबाउन नेपालले सहयोग गरे बापत पछि फिर्ता पाएको हो। जसलाई अहिले पनि नयाँ मुलुक भन्ने गरिन्छ।

    नेपालले गुमाएको उक्त भूमि अंग्रेजले भारत छाडेर जाँदा सन १९४७ मा नेपाललाई सुम्पिन खोजेपनि तत्कालीन नेपालका राणा शासकहरुकै अकर्मण्यताले प्राप्त गर्न नसकेको बताइन्छ।

    पछिल्लो समय भारतले अखण्ड भारतको नक्सामा नेपालको भूमि समेटेर सार्वजनिक गरिएपछि यो विषय फेरि बहसमा आएको छ । सुगौली सन्धी अंग्रेज शासकसँग गरिएको हुँदा उक्त भूमि भारत स्वतन्त्र भएपछि नेपालको मातहत हुनुपर्ने कतिपयले दावा गरिरहेका छन्।

    अंग्रेज शासनबाट मुक्त भएर स्वतन्त्र राष्ट्रको हैसियतले भारतसँग गरिएको १९५० को नेपाल भारत मैत्री सन्धीले सुगौली सन्धीलाई विस्थापन गरेको जानकारहरुको तर्क छ। यसर्थ उक्त भूमिमा हालसम्मै नेपालको दाबी रहेको बताइन्छ।

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.