• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

‘आदिपुरुष’को कमाइ ह्वात्तै घट्यो


  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • निर्देशक ओम राउतको ‘आदिपुरुष’ यतिबेला सर्वत्र चर्चामा छ । रामायणमा आधारित यो चलचित्रको जनताले आतुरताका साथ प्रतिक्षा गरिरहेका थिए । ‘आदिपुरुष’को पहिलो दिनको कमाईमा यो उत्साह पूरै देखिन्थ्यो । प्रभास, कृति सेनन र सैफ अली खान स्टारर फिल्मले शुक्रबार भारतमै १०० करोडभन्दा बढीको कमाई गरेर नयाँ रेकर्ड बनाएको थियो । यो कुनै पनि बलिउड फिल्मका लागि भारतमा सबैभन्दा ठूलो ओपनिङ थियो।

    Advertisement

    शनिबार ‘आदिपुरुष’ को सङ्कलनमा केही कमी आएको थियो तर यो कमी खासै ठूलो थिएन । ‘पठान’ र आरआरआर जस्ता धेरै ठूला फिल्महरूको कमाईमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। आइतबार बक्स अफिसमा ठूलो दिन हो र यस दिन फिल्मले शुक्रबारको तुलनामा पनि राम्रो कमाइ गर्छन् । त्, आदिपुरूषको हकमा भने यस्तो भएन ।
    ‘आदिपुरुष’ले आइतबार त्यति ठूलो कलेक्सन ल्याउन सकेन, जति फिल्मबाट अपेक्षा गरिएको थियो । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले तेस्रो दिन भारतीय बक्स अफिसमा ६९.१ करोड कलेक्सन गरेको छ । आइतबार ‘आदिपुरुष’ जस्ता ठूला चलचित्रले ओपनिङ कलेक्सनको स्तरमा कमाइ गर्ने अपेक्षा गरिएको थियो । प्रभासको फिल्मले यो अपेक्षा पूरा गर्न सकेन ।

    ‘आदिपुरुष’को हिन्दी संस्करणले आइतबार ३८ करोडभन्दा बढी कमाएको छ । फिल्मले पहिलो दिन हिन्दीमा ३७.२५ करोड र दोस्रो दिन ३८ करोड कमाएको थियो । यसै अनुसार आइतबार ‘आदिपुरुष’को हिन्दी सङ्ग्रहमा केही सुधार आएको छ । पहिलो सप्ताहन्तमा मात्रै ‘आदिपुरुष’को हिन्दी संस्करणले ११० करोडभन्दा बढी कमाएको छ ।

    तर पहिलो दिन फिल्मले रेकर्ड ब्रेकिङ ओपनिङ गराउनमा यसको तेलुगु संस्करणको योगदान अतुलनीय थियो। रिपोर्टहरू अनुसार शुक्रबार ‘आदिपुरुष’ ले तेलुगु संस्करणबाटै करिब ४८ करोड रुपैयाँ कमाएको थियो। अर्थात् पहिलो दिन फिल्मले हिन्दीको तुलनामा तेलुगुमा १० करोड बढी कमाएको थियो । तर शनिबार ‘आदिपुरुष’ को तेलुगु संस्करणले २७ करोडभन्दा कम कमाएको थियो।

    आदिपुरुषले पहिलो दिन विश्वव्यापी बक्स अफिसमा १ सय ४० करोड रुपैयाँ कमाएको थियो। जबकि दोस्रो दिनको कमाई १०० करोड थियो । तेस्रो दिन पनि फिल्मको विश्वव्यापी कलेक्सन शनिबारको स्तरमै रहने रिपोर्टले जनाएको छ । अर्थात्, यो निश्चित छ कि प्रभासको फिल्मले विश्वव्यापी बक्स अफिसमा ३ दिनमा ३०० करोडको ग्रस कलेक्सन गरिसकेको छ।

    ‘आदिपुरुष’लाई लिएर जनतामा जति उत्साह थियो, फिल्म हेरेपछि त्यसलाई लिएर विवाद पनि उत्कर्षमा पुगेको थियो । चलचित्र हेरेपछि हलबाट फर्केका मानिसहरुले ‘आदिपुरुष’को संवाद र कथालाई लिएर धेरै गुनासो गरेका थिए । फिल्मको संवादको भाषालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले ट्रोल समेत गरेका छन् । सुरुका दुई दिनमा ‘आदिपुरुष’को कमाई ठूला चलचित्रको बक्स अफिस ट्रेन्ड अनुसार चलिरहेको थियो । तर आइतवारको ठुलो उछाल गुमाउनुले अब चलचित्रसँग सम्बन्धित विवादले दर्शकको रुची बिगारिरहेको देखाएको छ ।

    ‘आदिपुरुष’का निर्माताले पनि जनताको भावनालाई ध्यानमा राखी यसै साता फिल्मका विवादित संवादहरू परिवर्तन गर्ने आइतबार घोषणा गरेका छन् । तर यसअघि नै यो विवादले चर्को रुप लिएको थियो र सोसल मिडियामा धेरैले विवाद देखेपछि फिल्म हेर्ने नियत त्यागेको पनि बताएका थिए । धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा ‘आदिपुरुष’का लागि बुकिङ भइसकेका टिकट रद्द गर्ने कुरा समेत गरेका छन् ।

    सोमबार ‘आदिपुरुष’का लागि ठूलो परीक्षा हुने भएको छ । आइतबार फिल्मको कमाईमा ठूलो उछाल नआएपछि सोमबार ठूलो गिरावट आउन सक्छ । अहिलेसम्म ‘आदिपुरुष’को कमाई चलाउने हिन्दी संस्करण पनि सोमबार केही सुस्त हुने भएको छ । सोमबारदेखि काम गर्ने सप्ताह सुरु भएपछि ‘आदिपुरुष’ले कस्तो आम्दानी गर्छ भन्नेमा सबैको नजर रहनेछ ।

    ५०० करोडको बजेटमा बनेको फिल्म हिट हुनका लागि कामका दिनमा बक्स अफिसमा आफ्नो पकड कायम राख्नु निकै जरुरी हुन्छ । प्रभासको स्टारडमको आधारमा पहिलो साताको अन्त्यमा राम्रो कमाई गरेको ‘आदिपुरुष’ ले आफ्नो गति कायम राख्न सक्छ कि गर्दैन त्यो हेर्न रोचक हुनेछ ।

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.