• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्- नियमित होस्


  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
  • पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे ।

    Advertisement

    तर विमानस्थल उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्‍यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार बिहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे ।

    चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज बिहान ९ः०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए ।

    यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उनको विश्वास छ ।

    पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो”, उनले भने ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए । उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए ।

    सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताए ।

    नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताए । पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उहाँको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राखे । रेग्मीले भने, “यहाँबाट नियमितरुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।”

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उहाँले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गरे ।

    उडान नियमित हुनुपर्छ : पर्यटन व्यवसायी

    आज भएको चार्टर्ड उडानसँगै वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।

    पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए । भण्डारीले भने, “सुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौँ ।

    नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।

    बुधबार, असार ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.