• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निकेशको ‘अ सोल्जर’लाई अन्तर्राष्ट्रिय अवार्ड


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • युद्धको मैदानमा विजेता भएर मेडल जितिसकेका निकेश लिम्बूको दिनचर्या फेरिएको छ। लडाईं त लडिरहेका छन्, तर साहित्यमा।

    Advertisement

    लन्डन फिल्म एकेडेमीबाट छ महिने फिल्म मेकिङ कोर्स सकाएर निकेशले निर्माण गरेको सर्ट फिल्म ‘अ सोल्जर’ ले अहिले फिल्मकर्मीको मन जितिरहेको छ। विश्वका फिल्म हेरेर उत्कृष्ट घोषित हुने फेस्टिभलमा निकेशले देखाएको सैनिकको कथा प्रिय बनिरहेको छ।

    ‘म आफैँ सैनिक भएकोले पनि मैले यसलाई त्यही मर्मअनुरुप तयार गरेको छु। सायद यसलाई सैनिकसँग नजिक पाएर पनि होला, मन पराउनु भएको छ,’ निकेशले भने। उनी यसका निर्देशक हुन्।

    ‘अ सोल्जर’ मा एक सिपाहीको कथा भनिएको छ। कर्तव्य पुरा गर्न परिवार भन्दा टाढा रहेको सिपाहीको श्रीमती गर्भवती छिन्। यद्यपि सिपाहीको कर्तव्य र जिम्मेवारी पुरा गर्न परिवार र जन्मथलोलाई मनमा संगाल्दै युद्धको मैदानमा आफूलाई बलियो बनाएको छ।

    ११ मिनेट लामो सर्ट फिल्म ‘लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन्स २०२३’ पाइनउड स्टुडियो लन्डनमा फाइनालिस्ट हुनका साथै अडियन्स च्वाइस अवार्ड जितेको थियो भने फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेशनल फिल्म अवार्ड २०२३’ मा अडियन्स च्वाइस अवार्ड र संयुक्तराज्य अमेरिकाको लस एञ्जल्समा सम्पन्न ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा छनौट भएको थियो।

    पहिलो सर्ट फिल्मले पाएको सफलतासँगै एक सैनिकको पारिवारिक जिम्मेवारी, देश प्रतिको कर्तव्य र युद्ध भूमिका मनोविज्ञानलाई विश्वमा देखाउँन पाउँदा निकेश उत्साहित छन्। फिल्म ‘हसियाँ’ मार्फत सह निर्माताको रुपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा समेत सक्रिय छन्। बेलायतमा बसोबास गर्ने निकेश पेसाले ब्रिटिस आर्मी रहिसकेता पनि उनको रूची कला क्षेत्रमा उत्तिकै छ। उनी निर्माण, निर्देशन र फोटोग्राफीमार्फत परिचित छन्।

    उनले सामाजिक सञ्जालमा आफूले खिचेका तस्विर राख्छन्, जसले उनको रूची र क्षमतालाई प्रस्ट्याएको छ। उनी हालै रोयल एअरफोर्ससँग जोडिएका छन्। त्यहाँ मेडिया विभागमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन्।

    ‘आफ्नो रूचीको क्षेत्र फोटोग्राफीसँग सम्बन्धित रहेर काम गरिरहेको छु। रोयल एअरफोर्ससँग जोडिन पाउँदा उत्साहित छु’, निकेशले भने। फिल्म निर्माताको रुपमा समेत उनले सामाजिक संदेश प्रवाह गर्ने गरेका छन्।

    उनले निर्माण गरेको फिल्म ‘रातो घर’ले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ‘ब्लाइन्ड रक्स’मा उनले आफ्नो दुई वटै आँखाको ज्योती गुमाएकी दृष्टिबिहिन सृष्टी केसीको जीवनीलाई उतारेका थिए।

    यिनले निर्माण गरेको फिल्म ‘हृदय भरी’ मा भने प्रदर्शनको पर्खाइमा छ। निकेशको सर्ट फिल्म ‘अ सोल्जर’ मा सगर सुब्बा र ममता देवान सुब्बा मुख्य भूमिकामा छन्।

    यसमा सम्पादन र भीएफएक्स गौतम राज खड्का, रंग संयोजन राम प्रसाद चौधरी, साउण्ड डिजाइन एण्ड मिक्सिङ्ग मनोज राजवाहक, ब्याकग्राउण्ड स्कोर सुजील कर्माचार्य, छायांकन निर्देशक राजदीप राई र निर्माण ज्ञानेन्द्र राउतले गरेका छन्। यसको निर्देशनसँगै लेखन निकेशले गरेका हुन् । यसको पोस्ट प्रोडक्सनको काम बिजी बिमा भएको हो।

    सर्ट फिल्म ‘अ सोल्जर’ लाई आउँदो नोभेम्बरमा ओटीटीमार्फत् सार्वजनिक गर्ने तयारीमा निकेश छन्। ‘अहिले पनि विभिन्न अवार्डमा सहभागी हुने क्रम निरन्तर छ, त्यसैले नोभेम्बरमा यसलाई ओटीटीमार्फत सार्वजनिक गर्दैछु,’ उनले भने। उनले सर्ट फिल्म पश्चात फिचर फिल्म निर्देशनको सोच रहेको समेत जानकारी दिए। ‘अहिले सुरुआत भएको छ, यो यात्रा अगाडि बढ्ने नै छ,’ उनले भने।

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.