• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चलचित्र ‘गुराँस’ वल्र्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् मेनुका प्रधान


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिकमा हुन गइरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन्। उनी अभिनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वल्र्ड प्रिमियर हुँदैछ।

    Advertisement

    मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो। उनले फेस्टिभलमा फिल्मको ‘युनिभसर्’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताएकी छिन्।

    ‘मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो। त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो। अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘ तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ। अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ।’

    फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन्। उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन्। ‘म त कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिन। आफ्नो भूमिका हेर्छु। यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ। एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि एकदमै रमाइलो भएको थियो,’ उनले सुनाइन्।

    मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन् । नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन्। फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन्। दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ ।

    हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। चलचित्रलाई राई स्वयंले लेखेका हुन्। उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन्।

    ‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो। कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो। एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो। आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,’ उनले भने, ‘जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन्।’

    ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।

    फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन्। अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन्। उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन्।

    निर्माता रामकृष्ण पोखरेलले दि कार्लाेभी भारी युरोपको प्रतिष्ठित फेस्टिभल मानिने र त्यसमा नेपालको प्रतिनिधित्व हुने कुराले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। ‘कान्स वा बर्लिन जस्तै यो पनि युरोपका लागि प्रतिष्ठित फेस्टिभल हो । यो फेस्टिभलमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म सहभागी भएका थिएनन्। गुराँसले खाता खोलेको छ। हामी सम्पूर्ण टिम खुसी छौँ,’उनले भने।

    उनले फिल्मको हल रिलिजको विषयमा भने अहिले नै भन्न नसक्ने जानकारी गराए । उनले भने, ‘फिल्म हलमा पनि लाग्छ तर यसका लागि समय लाग्ला।’

    पोखरेल नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस चलचित्र ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन् । उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ लघु चलचित्र विधामा अस्करमा सिफारिसमा परेको थियो भने फिल्मले भारतमा क्रिटिक्स च्वाइस अवार्ड जित्न सफल भएको थियो।

    कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देश सौरभ राईले यसअघि ‘निम्तो’को निर्देशन गरेका थिए। नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो । ‘गुराँस’ पनि निर्माण अगावै नेदरल्यान्डको हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो भने फिल्म हङकङ फिल्म मार्टको वर्क इन प्रोग्रेस ल्याबमा पनि छनौट हुन सफल भएको थियो।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.