• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुरको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमाङ्कनको काम सुरु


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • भरतपुर महानगरपालिकाको वडा नं ११ बाट वडा नं २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाउन सिमाङ्कनको काम थालिएको छ । महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो । सोका लागि सिमाङ्कनको काम सुरु गरिएको हो । महानगरपालिकाले घोलको सिमाङ्कन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समितिसमेत गठन गरेर काम अघि बढाएको हो ।

    Advertisement

    समितिका संयोजक अधिकारीका अनुसार घोल महानगरका ११ वडामा पर्दछ । ती वडाहरुले सिमाङ्कनको काम सुरु गरेका हुन् । उहाँले भन्नुभयो, “केही वडाले काम थालेका छन्, केही थाल्ने तयारीमा रहेका छन् ।” घोलको सिमाङ्कन वडाले आफैँ छुट्याउने छन् । कुनै समस्या भएमा महानगरपालिकाले सहजीकरण गर्ने उहाँले बताउनुभयो । महानगर प्रमुख रेनु दाहालले यथाशीघ्र छिटो काम सम्पन्न गर्नेगरी वडालाई सिमाङ्कन गर्न भनिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “वडाहरुले काम सुरु गरेकाले छिट्टै सिमाङ्कनको काम सकेर निर्माणको काम थालिने छ ।” उहाँका अनुसार ३० दशमलव दुई किलोमिटर लामो घोल कम्तिमा छ मिटर फराकिलो छ । कतिपय स्थानमा चौडाइ धेरै भएको भन्दै उहाँले सिमाङ्कनको काम सम्पन्न भएसँगै वास्तविक क्षेत्रफल आउने बताउनुभयो । घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले रु १८ करोड विनियोजन गरेको छ ।

    चालु आर्थिक वर्षमा रु चार करोडको काम गोन्द्राङमा गरिएको छ । दाहालले भन्नुभयो, “महानगरले पनि थप बजेट विनियोजन गर्छ ।” घोलको भुँइ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिँदैछ । दायाँबायाँ साइकल लेनसहितको फुटपाथ बनाइँदैछ । दाहालका अनुसार फराकिलो ठाउँ भएका स्थलमा उद्यान निर्माण गरिनेछ । फराकिला ठाउँहरुमा व्यायमशाला बनाइनेछ । बिहान बेलुका हिँड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिनेछ । डुङ्गा राख्नका लागि स्थल बनाइनेछ ।

    गुरुयोजनाअनुसार काम गर्न रु एक अर्ब ३७ करोड लाग्ने छ । यो घोल वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ हुँदै बगेको छ । घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्व राख्ने आयोजना हो । दाहालले भन्नुभयो, “यो घोलले हाम्रो महानगरपालिकाभित्रको सुन्दरता बढाउँछ ।” यससँगै महानगरभित्रका डुबान क्षेत्रको पानीको निकासको काम यो घोलले गर्ने उहाँको भनाइ छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्काेतिर उद्यान बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिनेछ ।

    हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना महानगरको छ । वर्षात्को समयमा पानी धेरै हुने तर घोल साँघुरो भएकाले त्यहीँबाट बस्तीमा पानी पस्ने समस्यासमेत हुँदै आएको छ । गुरुयोजनाअनुसार काम सम्पन्न हुँदै गर्दा महानगरको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा यो विकास हुने छ । भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म हरियाली सौन्दर्यतासँगै डुङ्गा चलाउँदै गर्दा यसले आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित गर्ने महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले वताउनुभयो ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.