• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बोलीमा लगाम नलगाउँदा बारम्बार चिप्लिएका दाहाल


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेका छन्।

    Advertisement

    आफ्नै अभिव्यक्ति कै कारण विवादमा आउने गरेका दाहालले बोलीमा लगाम लगाउन नसक्दा अदालतमा मुद्दा खेप्नुपर्ने अवस्थामा समेत पुर्‍याएको छ।

    दश वर्षे जनयु्द्ध हुँदै शान्ति प्रक्रियामा आएका दाहाल आफ्नै अस्वभाविक हर्कत र पदीय मर्यादा विपरितका अभिव्यक्तिले उनको ओज विस्तारै धुमिल बनाउँदै लगेको छ।

    गत सोमबार भारतीय मूलका व्यापारी सरदार प्रितम सिंहको पुस्तक विमोचनमा प्रधानमन्त्री दाहालले उनीसँगको भावनात्मक सम्बन्ध दर्शाउन व्यक्त गरेको अभिव्यक्ति चौतर्फी विवादमा परेको छ। उनले सरदार सिंह आफूलाई प्रधानमन्त्री बनाउने उद्देश्यले पटक पटक दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएका थिए।

    उनको यही अभिव्यक्तिलाई लिएर प्रतिपक्षी एमालेल सदन अवरुद्ध गरेको छ। एमालेले प्रधानमन्त्री दाहालको राजीनामालाई बटमलाइन बनाएको छ। उनको राजीनामा नआएसम्म सदन चल्न नदिने एमालेले घोषणा गरिसकेको छ।

    प्रधानमन्त्री दाहालले सरदार सिंहलाई रिझाउन व्यक्त गरेको अभिव्यक्ति आफ्नै लागि प्रत्यूत्पादक होला भन्ने कल्पना शायदै गरेका थिए।
    सो अभिव्यक्तिले आज देशव्यापी रुपमा प्रधानमन्त्री दाहाल विरुद्ध आक्रोश व्यक्त भइरहेको छ। उनका पार्टीका नेता कार्यकर्ता र सचिवालयलाई स्पष्टीकरण दिन हम्मेहम्मे परिरहेको छ।

    सामान्य ढंगले सरदार सिंहको आफूप्रतिको सदाशयतालाई पुस्तक विमोचन समारोहमार्फत व्यक्त गर्ने मात्रै उनको अभिप्राय थियो होला। तर यही अभिव्यक्तिले उनको प्रधानमन्त्री पदकै राजीनामा माग्नेसम्मकै अवस्था निम्त्याउने अवस्था बारे उनले हेक्का राख्न सकेनन्। र, अहिले सर्वाधिक आलोचनाको सिकार बन्न बाध्य भएका छन्।

    एमालेले देशविरुद्ध घात गरेको बताउँदै प्रतिनिधिसभाको सर्वोच्चतामा आँच पुर्याउँदै बाह्य शक्तिको बलमा प्रधानमन्त्री बन्ने दाहालको मनोकांक्षा राष्ट्रहित विपरित भएको बताउँदै आएको छ।

    एमालेका सांसदहरुले दाहालको अभिव्यक्ति सार्वभौम राष्ट्रका जनताका लागि क्षम्य हुन नसक्ने बताइरहेको छ। राष्ट्रहित विरोधी गैरजिम्मेवार अभिव्यक्ति दिएका दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान छ।

    उसो त प्रधानमन्त्री दाहालको अभिव्यक्ति यो मात्रै विवादास्पद अभिव्यक्ति होइन। यस अगावै उनका अनेकौं अभिव्यक्तिले उनलाई बारम्बार विवादमा तानेको छ।

    २०७५ को माघी महोत्सवमा टुँडिखेलमा आयोजित कार्यक्रममा जनयुद्ध कालमा हत्या गरिएका पाँच हजार नागरिकको मात्रै जिम्मेवारी आफूले लिने बताएर आफैं विवादित बनेका थिए। उनको यही अभिव्यक्ति निकै विवादित बन्यो।

    जनयुद्धको समयमा भएको हत्याको जिम्मेवारी व्यक्तिगत तवरले लिन्छु भन्ने उनको अभिव्यक्तिको आशय आफू नै सर्वेसर्वा भएको दर्शाउन व्यक्त गरिएको अभिव्यक्ति हो। यही अभिव्यक्तिले उनलाई हालै प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा अदालतमा पुग्नुपर्ने स्थिति सिर्जना गर्‍याे।

    उनको सोही पाँच हजारको जिम्मा लिने भिव्यक्तिले केही समय अघि सर्वोच्चमा मुद्दा समेत परेको थियो। उनको अभिव्यक्ति कै कारण सर्वोच्चमा परेको मुद्दालाई प्रधानमन्त्रीको पदमा आसिन रहँदै प्रतिरक्षा गर्ने अवस्था आएको थियो।

    यद्यपि राजनीतिक घटनासँग सम्बद्ध मुद्दा भएकाले सर्वोच्चले द्वन्द्वपीडितलाई न्याय निरुपणमा ढिलाई गरेको बताउँदै कारण देखाउ आदेश जारी गरेको थियो।

    नेपालको राजनीतिमा गतिशील राजनीतिज्ञ बताउने दाहाल बोलीमा लगाम नलगाउँदा बारम्बार चिप्लिएका छन्। उनको अभिव्यक्ति कैयौं पटक आफ्नै लागि राजनीतिक रुपमा घातक भएको छ।

    २०६४ को संविधानसभाको निर्वाचनमा दुईतिहाइ बहुमत नजिक पुगेको उनको दल छोटो समयमै सरकारबाट बाहिरिनु परेको थियो। प्रधानसेनापति प्रकरणमा सरकारबाट बाहिरिएका उनले विदेशी प्रभुका सामु नझुकी राजीनामा दिएको अभिव्यक्ति दिएका थिए।

    तत्कालीन प्रधानसेनापति रुकमांगत कटुवाललाई बर्खास्त गर्ने दाहाल सरकारको निर्णयलाई राष्ट्रपति रामबरण यादवले बदर गरेपछि सरकारबाट बाहिरिएका थिए।

    त्यस लगत्तै कांग्रेसलगायत मधेश केन्द्रित दलको सहयोगमा प्रधानमन्त्री बनेका एमालेका माधवकुमार नेपाललाई ‘कठपुतली’ को संज्ञा दिएका थिए। उनले सोही समयमा उपत्यकामा आमहड्तालको घोषणा गर्दै बाह्य शक्तिको आडमा नेपाल प्रधानमन्त्री बनेको गम्भीर आरोप लगाएका थिए।

    सोही समयमै आन्दोलनको घोषणा गरेका उनले उपत्यकाका ‘सुकिला मुकिला’ स्थानीयबासी कै कारण आन्लोलनले गति लिन नसकेको आरोप आफ्नै लागि प्रत्युत्पादक बनेको थियो। उनको सो अभिव्यक्तिको चर्को विरोध भएपछि क्षमायाचना समेत गर्नु परेको थियो।

    यस्तै दाहालका आफैंलाई घातक हुने अभिव्यक्ति बेला बखतमा प्रष्फुटन गरिरहेका हुन्छन्। उनका अभिव्यक्तिले आफूसँगै समग्र देशकै प्रतिष्ठासँग जोडिएका विषयमा बचकना टिप्पणीले सदैव विवादका पर्याय बन्न पुगेका छन्।

    २०७७ पुष ५ गते तत्कालीन नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा सडक आन्दोलन गरेका थिए। उनको आन्दोलनमा नेकपाकै अर्का नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथको समेत सहभागीता रहेको थियो।

    सडकबाट ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै संसद विघटनको विरुद्धमा आनदोलन गरिरहेका थिए। नेकपाकै नेताहरुको जोडबलमा आन्दोलन थालेका दाहालले त्यस बखत कांग्रेस, आफू र जसपालगायतको अब बन्ने सरकार भारतका लागि ‘कम्फर्टेबल’ हुने बताएका थिए।

    ओलीले दोस्रो पटक २०७८ जेठ ८ गते गरेको संसद विघटन पछि सर्वोच्चले संसद पुनस्र्थापनाको गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

    तत्कालीन परमादेशबाट बनेको देउवा सरकारलाई दाहालले भारतका लागि कम्फर्टेबल सरकार बन्ने दावी गर्दै दिएको विवादास्पद अन्तर्वार्ता उनका लागि निकै आलोचनायोग्य बन्न पुग्यो।

    अहिले फेरि आफूलाई प्रधानमन्त्री बनाउन एक व्यापारी भारत गएको भन्ने अभिव्यक्तिले नेपालमा प्रधानमन्त्री बनाउने मूल भूमिका भारतकै रहेको आशय प्रकट गरेको छ। यो सार्वभौम राष्ट्रका लागि स्वीकार्य विषय कदापी होइन।

    उनले कतिपय सन्दर्भमा हौसिएर अभिव्यक्ति दिँदा त्यसले पार्ने दूरगामी प्रभावको बारेमा जानकार नहुनु उच्च स्तरको राजनीतिज्ञका लागि शोभनीय होइन।

    अझै प्रधानमन्त्री जस्तो राष्ट्रकै प्रतिनिधित्व गर्ने पदमा विराजमान उनले सामान्य नेता जसरी अभिव्यक्ति दिँदा उनको बोलीको विश्वसनीयतामै ह्रास आउने निश्चित छ।

    तथापि बारम्बार चिप्लिए पनि उनले आफ्नो बोलीमा लगाम लगाउन नसकेको विगतदेखि हालसम्मै दृष्टान्तले देखाएको छ। यसले उनको विगतको ओजमा गिरावट आएको छ।

    आफ्नै बोली चिप्लिएर राजीनामा दिने मन्त्रीको संख्या नेपालमा निकै छ। तर, प्रधानमन्त्रीकै पदमा रहेका दाहालको अभिव्यक्तिले राजीनामा दिने बाध्यात्मक अवस्था आए त्यो इतिहासमा पहिलो पटक हुनेछ।

    एमालेले दाहालको राजीनामा माग गरको छ भने राप्रपा र रास्वपाले उनको अभिव्यक्तिको सदनमा जवाफ दिनुपर्ने अडानमा कायमै छन्। कांग्रेसले यस विषयमा संस्थागत धारणा व्यक्त गर्न नसकेरै मौनता साँधेको छ।

    प्रधानमन्त्री दाहालले लाभदायक हुने अभिप्रयाले वफादारिता प्रदर्शन गर्न व्यक्त गरिएको अभिव्यक्ति अन्ततः आफ्ना लागि घातक बन्दै भुँइको टिप्न खोज्दा खल्तीको पोखिने परिस्थिति नआउला भन्न सकिँदैन।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.