• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राप्तीमा अन्तरजातीय विवाह गर्ने ७३ जोडीलाई सम्मान


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • Advertisement

    राप्ती । राप्ती नगरपालिकाभित्र बसोवास गरी अन्तरजातीय विवाह गर्नेहरुलाई शुक्रबार सम्मान गरिएको छ । जातीय विभेद र छुवाछुत अन्त्य गर्ने उद्देश्यका साथ दलित र गैरदलितबीच अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।

    दलित समन्वय समिति राप्ती नगरपालिकाले अन्तरजातीय विवाह गर्ने ७३ जोडीलाई सम्मान गरिएको समिति उपाध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए । राप्ती नगरपालिकाले दलित जातिको उत्थानका लागि समन्वय समिति गठन गरेर सोही समितिमार्फत काम गर्न बजेटसमेत विनियोजन गर्दै आएको छ । सोही बजेटमार्फत नगरभित्र बसोवास गरी अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । ती जोडीहरुलाई राप्ती नगरपालिका प्रमुख शमशेर लामाले सम्मानपत्र प्रदान गरे भने उपप्रमुख देवेन्द्र लामाले दोसल्ला ओढाएका थिए ।

    सम्मान कार्यक्रममा बोल्दै राप्ती नगरपालिका प्रमुख लामाले गणतन्त्रपछि जातीय विभेद बिस्तारै कम हुँदै गएको र समानुपातिक सहभागिता रहँदै आएको बताए । स्थानीय सरकारले पनि यो समुदायको उत्थानका लागि समन्वय समिति बनाएर काम गरिरहेको उनको भनाइ थियो ।

    जातीय विभेद अन्त्यका लागि अन्तरजातीय विवाह एक विकल्प रहेको प्रमुख लामाले बताए । जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाह गर्नेहरुलाई आगामी आर्थिक वर्षदेखि पुरस्कारसहित सम्मान गर्ने लामाले बताए । ‘जातीय विभेद र छुवाछुत प्रथा समाजमा जकडिएर रहेको छ’, प्रमुख लामाले भने, ‘यस्तो प्रथा अन्त्य हुन जरूरी छ, अन्तरजातीय विवाहले समाजमा यो प्रथा अन्त्य हुनेछ ।’

    कार्यक्रममा राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामा, राप्ती–५ का वडा अध्यक्ष सीताराम वललगायतले समाजबाट जातीय विभेद अन्त्य हुनुपर्ने धारणा राखे ।

    समितिका अध्यक्ष एकबहादुर ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र राप्ती नगर सचिव सन्देश घलान, वैज्ञानिक समाजवादी नेकपाका केन्द्रीय सदस्य लच्छुराम विक, अन्तरजातीय विवाह सम्मान कार्यक्रमका संयोजक खिलबहादुर नेपाली, आइतराम विक, रमेश रसाइली, अधिवक्ता मुकुन्द दाहाल, प्रेम रिमाल, नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेश अध्यक्ष खेम दर्जीलगायतले मन्तव्य राखेका थिए ।

    सम्मान कार्यक्रमसँगै जात व्यवस्था उन्मूलनमा सचेत नागरिकको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश दलित समुदायका अगुवाहरुले मुखले एक थोक भने पनि व्यवहारमा अर्को गर्ने चलन हुँदा दलित भएर पिल्सिएर बस्नु परेको बताए । समितिका पूर्वसदस्य सुनिल विकले दलितको नाममा पिल्सिएर बस्नु परेको बताए ।

    ‘दलका नेताहरु कुरा एउटा गर्छन्, व्यवहार अर्को गर्छन्’, विकले भने, ‘छुवाछुत, जातीय विभेदको अन्त्य गर्न प्रतिबद्ध हुनुपर्छ ।’

    समन्वय समिति उपाध्यक्ष गोपाल विकले अन्तरजातीय विवाहले समाज परिवर्तनको सन्देश दिँदै गएको पाइएको बताए । अन्यायमा परेको खण्डमा न्याय माग्न जाँदा प्रहरी कार्यालयले समेत उजुरी लिन नमान्ने गरेको उदाहरण धेरै रहेको अन्य सहभागीहरुले बताए । जातीय विभेद, छुवाछुतमुक्त नगरपालिका घोषणा गर्न उनीहरुको दबाब थियो ।

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.