• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

एक दिनमा कति काजू खाने ? सही तरिका के हो ?


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • ड्राई फ्रुट्समा काजू अत्यधिक रुचाइन्छ । स्वादिलो हुनुका साथै यसले स्वास्थ्यमा पनि अचम्मको फाइदा पु¥याउँछ । कतिपयलाई काजू यति मन पर्छ कि एकै पटक १०–१५ पनि खाइदिन्छन् । यद्यपि, कुनै पनि कुरा सीमित मात्रामा र सही समयमा खाँदा मात्रै बढी लाभ मिल्छ । कोहीलाई काजु थोरै भुटेर खान मन पर्छ भने कतिलाई यत्तिकै । काजूको प्रयोग खीर, सेवइ, हलुवा, मिठाई आदिमा बढी हुने गर्छ । यद्यपि, काजू कति मात्रामा खाने र कहिले खाने भन्नेबारे पनि थाहा पाउनु उत्तिकै जरुरी छ ।

    Advertisement

    काजूमा पाइने पौष्टिक तत्त्व
    काजूमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन ए, सी, ई, के, बी६, नियासिन, रिबोफ्लेभिन, कपर, फस्फोरस, हेल्दी फ्याट, पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । यी सबै पोषण स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छन्, जसले धेरै रोगहरूलाई टाढा राख्छ । शरीरलाई स्वस्थ राख्छ ।

    एक दिनमा कति काजू खाने ?
    फिसरइन्स्टिचुट डट कममा प्रकाशित समाचार अनुसार काजूको अत्यधिक सेवनले तौल बढ्न सक्छ । त्यसैले तपाईंले दैनिक ५ देखि १० वटा काजु मात्रै खानुहोस् । यदि तपाईं हेल्दी फ्याट र प्रोटिनको स्रोतको रूपमा यसका सेवन गर्दै हुनुहुन्छ भने तपाईंले १० देखि ३० वटा काजू खान सक्नुहुन्छ । यद्यपि, तपाईंले कुनै विज्ञ वा डायटिसियनसँग यसबारे सल्लाह लिएर मात्रै काजू खाँदा राम्रो हुन्छ ।

    काजू कति वटा खानुलाई बढी मान्ने ?
    एक दिनमा ४० भन्दा बढी काजू खानु अस्वस्थकर मानिन्छ । यद्यपि, खेलाडीहरूले ३०–४० वटा काजू खान सक्छन् किनभने उनीहरूको मेटाबोलिजम उच्च हुन्छ । उनीहरुले साधारण मानिसको तुलनामा शारीरिक परिश्रम पनि बढी गर्ने भएकोले साधारण मानिसभन्दा अलि बढी खान सक्छन् ।

    काजू खानुका फाइदा
    काजूमा अनस्याचुरेटेड फ्याट र केही आवश्यक खनिजहरू जस्तै तामा, म्याग्नेसियम, जिङ्क, फलामका साथै भिटामिन के, ई र बी भिटामिनहरू हुन्छन् । केही अध्ययनले बताए अनुसार काजूजस्ता नट्सको सेवनले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम हुन्छ । यसले मुटुरोगको सम्भावना निकै हदसम्म कम हुनसक्छ । यसबाहेक काजूमा पाइने केही भिटामिन र मिनरल्स जस्तै पोटासियम, भिटामिन ई, भिटामिन बीसिक्स र फोलिक एसिडले कडा रोगको सम्भावनालाई निकै हदसम्म कम गर्छ ।

    काजू धेरै खानुका बेफाइदा
    यदि तपाईं दिनमा १० वटा भन्दा बढी काजू खानुहुन्छ भने, यसले शरीरलाई धेरै हानि पुर्‍याउन सक्छ । धेरै काजू खाँदा तौल बढ्न सक्छ । यसका साथै टाउको दुख्ने, एलर्जी, चिलाउने, बान्ता हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, पेट फुल्ने आदि समस्या पनि देखा पर्न सक्छन् । नट्ससँग एलर्जी भएकाहरूले पनि यसलाई खानु हुँदैन । यसमा क्यालोरी र फ्याट बढी हुन्छ, यस्तो अवस्थामा यसको धेरै मात्रामा सेवन गर्दा तौल बढ्ने खतरा हुन्छ । यदि तपाईं तौल नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ भने, यसलाई सीमित मात्रामा सेवन गर्नुहोस् । ५–१० खाँदा तौल बढ्दैन, किनभने यसमा गुड फ्याट हुन्छ । यदि तौल बढाउन चाहनुहुन्छ भने दैनिक ३०–४० ग्राम खानु प्रभावकारी हुनसक्छ ।

    काजू खाने सही तरिका के हो ?
    यदि तपाईंलाई काजू खान धेरै मन पर्छ भने यसलाई पानीमा भिजाएर खानु राम्रो हुन्छ । यसलाई राती भिजाएर बिहान खानुहोस् । यसको प्रभाव तातो हुने भएकाले गर्मीमा सीमित मात्रामा मात्रै खानुहोस् । मदिरासँग काजू कहिल्यै नखानुहोस् । यसो गर्नाले कोलेस्ट्रोलको स्तर उच्च हुन सक्छ ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.