• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सामाजिक सञ्जालमा अराजकता : कुरा बुझ्न छोडेर खेदो खन्ने हतारो


  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
  • कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने कि कान छाम्ने? नेपाली समाजमा यो उखान निकै प्रसिद्ध छ। पछिल्लो समय नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामा उक्त उखान चरितार्थ हुन्छ।

    Advertisement

    नेपालमा सामाजिक संजालको प्रयोग सबैको पहुँचमा भएसँगै अहिलेै टिकटक फेसबुक लगायत प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ। मानिसहरु यसको माध्यमबाट विचार विनिमय गर्दै आइरहेका छन्।

    यसको प्रयोग आवश्यक देखिए पनि कतिपय सन्दर्भमा घातक सिद्ध हुन थालेको छ। यसैको पछिल्लो शिकार रास्वपाकी सांसद तोसिमा कार्की बनेकी छिन्।

    सामाजिक सञ्जालमा छोटो भिडियो राखेर भाइरल बनाउने ट्रेण्ड नेपालमा निकै बढेको छ। अझै टिकटकमा छोटो भिडियो बनाएर अपलोड गरेर सर्वत्र प्रचार गर्ने होडबाजीले त विषयवस्तु एकातिर, अभिव्यक्त हुने आशय अर्कैतिर हुने गर्दा वक्तालाई विवादमा तान्ने गरेको छ।

    सामाजिक सञ्जालको व्यापक प्रयोगले आम मानिसलाई निकट तुल्याए पनि यसको सन्दर्भ अनुरुप उपयोग नगर्दा गलत आशय अभिव्यक्त भएर त्यसको प्रष्टीकरण दिनुपर्ने आवश्यकता निम्तिएका बग्रेल्ती उदाहरण छन्।

    बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नीको निधनमा श्रद्धाञ्जली दिन पुगेकी रास्वपाकी सांसद कार्कीले एउटा सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिलाई समग्रतामा नबुझी त्यसको आंशिक भिडियोलाई आधार बनाएर सर्वत्र टिप्पणी भयो।

    उनलाई मानवीय संवेदनाहीन भन्दै लगाइएको आरोपले सामाजिक सञ्जाल रंगियो। यद्यपि उनको अभिव्यक्तिको आशय अर्कै थियो। तर तथ्य नै नबुझी अधिकांशले सांसद कार्कीलाई आरोपित गर्ने होडबाजी नै चल्यो।

    सामाजिक सञ्जालको चर्को आलोचना खेप्न नसकेरै उनले सार्वजनिक रुपमा माफी समेत मागिसकेकी छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ता जमातको बढ्दो आलोचना सहनै नसक्ने गरी बढेपछि स्पष्टीकरणले पनि नपुग्ने अवस्था निम्त्यायो। र, अन्ततः उनले माफी माग्न पुगिन्।

    सामाजिक सञ्जालको सिकार भएको उनी मात्रै पहिलो पात्र भने अवश्य होइनन्। यस अघि यस्तै कारणले आक्रान्त भएका अनेकौं सार्वजनिक पदधारण गरेका व्यक्तिहरु पनि छन्। जो बोलेकै भरमा आलोचनाको शिकार बनिरहेका छन्।

    प्रधानमन्त्री पत्नीको निधनमा अधिकांश नेताहरुले दिवंगतलाई श्रद्धाञ्जली दिँदै दाहालप्रति समवेदना प्रकट गरेका थिए। देशका शीर्ष नेतादेखि सबै क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको त्यहाँ उपस्थिति रहेको थियो।

    समाचार संकलनका लागि पुगेका अधिकांश मिडियाकर्मीहरुले आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका थिए। तथापि पत्रकारहरुले नेताहरुको आगमनको दृष्य र तस्बिर खिच्नु सामान्य नै भएपनि पछिल्लो समय व्याप्त ‘युट्युवकारिता’ले सत्य उजागर गर्ने भन्दा पनि विवादित ‘कन्टेन्ट’को खोजी गर्ने ट्रेण्डलाई आफ्नो ‘आदर्श’ बनाएको छ।

    त्यहाँ रहेका मूलधारका मिडिया समाचार सम्प्रेषणमा तल्लीन भइरहँदा युट्युब र सोसल मिडियाका ‘कन्टेन्ट क्रिएटर’हरु भने ‘बिकाउ कन्टेन्ट’को खोजीमा आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए।

    कुनै पनि व्यक्तिको निधनमा समवेदना प्रकट गर्न जाँदाको दुखदायी क्षणमा अतिरञ्जनापूर्ण प्रश्नको वर्षाले थप पीडा दिने हुँदा मानवीय संवेदनाको दृष्टिले त्यो कदापी उपयुक्त होइन।
    त्यस्तो पीडादायी अवस्थामा संवेदनालाई मध्यनजर गर्दै सञ्चारकर्मीले पनि अनावश्यक र भावनात्मक प्रश्न तेर्स्याएर थप पीडा दिनु शोभनीय हुँदैन।

    तर, पछिल्लो समय मौलाएको युट्युबको ट्रेण्डले भ्युज बटुल्न अनावश्यक र सन्दर्भहीन प्रश्न गर्ने शैली त्यहाँ पनि देखियो। यस्तै प्रश्नको सामना गर्नुपर्दा सांसद कार्कीलाई बाध्यात्मक अवस्था आइलाग्यो। र उनी प्रश्नको जवाफ दिन तम्सिएकी थिइन्। उनलाई प्रश्नकर्ताले अनावश्यक तवरको प्रश्न तेर्स्याएका छन्। प्रधानमन्त्री परिवारविहीन हुनुभएको छ उहाँलाई के सुझाब दिनुहुन्छ? भन्दै उनीमाथि प्रश्न गरिएको छ।

    सामान्यतया मानिसहरु भावनात्मक पक्ष हाबी हुने अवस्थामा बोलीको शैली मिलाउन नजान्दा आलोचित हुनुपर्ने नेपाली समाजको बिडम्बना नै हो। परिवारको सदस्य गुमाएको स्थानमा प्रश्नकर्ताको प्रश्न नै असान्दर्भिक मात्रै होइन, निरर्थक छ।

    यसलाई सामञ्जस्यतापूर्वक जवाफ दिएकी उनले कुनै प्रकारको आक्षेप प्रधानमन्त्री र उनको परिवारलाई लगाएको देखिँदैन। तथापि उनको आलोचनाको ग्राफ सामाजिक सञ्जालमा ह्वात्तै बढेको छ।

    यसले नेपाली समाजको मनोदशा दर्शाएको छ। विषयको गाम्भीरता नबुझी हचुवाको भरमा धारणा बनाउने जमातको सोच एकपटक फेरि उजागर भएको छ। नेपाली समाजमा सामाजिक सञ्जाल हाबी हुँदा मिडियाको साख गिर्दै गएको यसले पुष्टि गर्दछ।

    शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.