• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘बगान’ हेर्न परिवार देखिए हलमा


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले सुखद सुरुआत गरेको छ। प्रदर्शनको दोस्रो दिन शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिए।

    Advertisement

    विशेषत एकल आमा र महिला आफ्ना सन्तानका साथमा हलमा देखिए। उनीहरूले फिल्मसँग जोडिएका निर्माता तथा गीतकार सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्कीलाई धन्यवाद दिए। फिल्म हेर्न परिवारनै हलमा देखिएका छन्।

    शनिबार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफूले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पूरा हुने बाटोमा अगाडी बढेको बताए। उनले भने,’यो शुक्रबारदेखि नै ब्लकबस्टर हुने चलचित्र होइन, एकजनाले हेरेर दुईजनालाई हेर्नुस् भन्ने चलचित्र हो।’

    व्यापारको सन्दर्भमा खनालले आफु निर्देशक भएकोले व्यापारको दृष्टिकोण नराखेको बताए । ‘हामी हलमा पुग्दा अँगालो हालेर रुनुभएको छ, त्यो नै मेरो सफलता हो। व्यापारिक रुपमा पनि यसले राम्रो नतिजा दिईरहेको छ, स्थिती हेर्दा निर्माता सुरक्षित हुनुहुन्छ’, उनले थपे।

    अभिनेत्री करिश्मा मानन्धरले आफुलाई नयाँ प्रकृतिको भूमिकामा दर्शकले स्विकारेको बताईन्। ‘दर्शकको आँखामा जुन श्रद्धा भाव देखेँ मेरो लागि नितान्त नयाँ अनुभव हो। पहिले मलाई ग्लामरस नायिकाको रुपमा हेर्नुहुन्थ्यो भने अहिले दृष्टिकोण फेरिएको छ’, करिश्माले भनिन्। उनले ‘बगान’मा रोना धोना मात्र नभई खुशी कसरी हुने, समस्याको समाधान के हो भन्ने कुराहरु पनि रहेको बताइन्।

    ‘बगान’बाट ठुलोपर्दामा प्रवेश गरेकी प्रमिला कार्कीले रिलिज पछिका हरेक पल आफ्नो लागि नयाँ रहेको बताईन्। आफ्नो भूमिकाले समाजमा सकारात्मक सन्देश फैलाउन सफल रहेको जनाउँदै अभिनेत्री कार्कीले भनिन्,’म एकदमै उत्साहित भएको छु। चलचित्रमा मैले निभाएको पात्रले आफ्नो आमाको लागि जुन काम गरेको छ, केहिले त आफ्ना साना साना छोराछोरीलाई ‘बगान’ देखाएर यो दिदि जस्तै बन्नुपर्छ है समेत भन्नुभएको पाएँ। त्यो सुन्दा म भावुक भएँ।’

    ‘बगान’का निर्माता सुरेश वाग्लेले दर्शकलाई मनपर्ने बिषयमा लगानी गरेर सर्जक दायित्व पुरा गरेको महसुश भएको बताए। उनले भने,’यसले मनोरञ्जनसँगै संदेशसमेत दिएको छ। गीतकारबाट निर्माता बन्दा मैले बनाएको चलचित्रले समाज रुपान्तरणमा भूमिका खेल्नेमा विश्वत छु।’

    अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।

    स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो। ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्।

    यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

    ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ। शनिवार नै केही शो सङ्ख्या थप भएकोमा शनिवारको व्यापारपछि आइतवारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए।

    वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र व्यापार राम्रो रहेको बताए। ‘शनिवार काठमाडौँ उपत्यकाका प्रायः शोहरु भरिएका छन्। काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ। हिजोभन्दा आज शो थपिएको छ भने आइतवार पनि हल सङ्ख्या थप भएका छन्। यसको मतलब यो चलचित्र सफल हुने बाटोमा छ’, वितरक श्रेष्ठले भने।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.