• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

श्रावण महिनामा किन शिवलाई दुध चढाउने ?


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • श्रावण महिनामा शिवजीलाई दुध चढाईन्छ त सबैलाई थाहा छ तर किन ?

    Advertisement

    शास्त्रीय मान्यता अनुसार समुन्द्र मन्थन पश्चात त्यहा बाट विष निस्कियो जसको कारण सृष्टीको सम्पूर्ण जीव र वनस्पती नास हुने भए फलस्वरूप शिवले मात्र उक्त विषको राप र ताप सहन गर्न सक्ने भएकोले देवता, दानव, मनुष्य, झोले झ्याम्टे सबैद्वारा शिवसँग गुहार मागियो र शिवले नि सबैको गुहार सुनेर लोक कल्याण हेतु उक्त विषलाई पिएर आफ्नो कण्ठमा धारण गर्नु भयो ।

    विषको ताप यति भयङ्कर थियो कि शिरमा जटामा विराजमान पुत्री गंगालाई समेत त्यसले पोल्न थाल्यो । फलस्वरूप गंगाले शिवलाई निरन्तर जल अभिषेक गराई शान्त गर्न थालिन । गाईको दुधमा विषलाई समेत काड्न सक्ने शक्ती भएकाले देवगणले शिवलाई दुध खान आग्रह गरे ।

    फलस्वरूप त्यहि समयदेखि शिवजीको दुध प्रिय बन्न गयो तसर्थ शिवलाई दुध अर्पण र दुग्ध अभिषेक गरिन थालियो । शिवलिंगमा दुध अर्पण गर्नुको अर्को कारण के हो पनि भने शिवलिंग ढुंगाबाट निर्मित हुन्छ सधै त्यसलाई पानी अक्षताले पुजा गर्दा खीईने र टुक्रने हुन सक्छ तसर्थ शिवलिंगमा दुध, घ्यु, नौनी, मह जस्ता चिल्ला वस्तुले अभिषेक गरिन थालियो जसको कारण उक्त शिला चिल्लो हुने र घस्रण कम हुनेहुदा शिवलिंग समेत सुरक्षित रहने भयो ।

    शिवले भांग, धतुरो, गाजा सेवन गरेको कुरालाई लिएर केहि गधाबुद्धीका मुडहरूले शिवले त खान्छन भने हामीले खादा के हुन्छ भनेर नि कुतर्क गर्ने गर्दछन भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि समेत नशा सेवन गरेको एकथरी विद्वानहरूको भनाई छ ।

    त्यति मात्र नभएर शिवको शरीरमा भएको विषको रापलाई सहन गर्नको लागि उनले नशाको सेवन गरेको हुन पर्दछ । किनभने नशाले शरीर र दिमागलाई शान्त राख्न मद्दत गर्दछ भनेर नि अर्काथरीले भन्ने गरेका छन् गाजा, भांगमा भएको औषधीय गुणको बारेमा त सबैलाई थाहै छ ।

    त्यसको बारेमा यहा थप व्याख्या गर्न आवस्यक छैन । गाईको दुध धेरै खाए मान्छे वा बाछा-बाछी पनि बिरामी हुने र मर्न पनि सक्दछन्, त्यही भएर गाईले आफ्नो बाछाबाछीलाई सधै आफ्नो अगाडि राख्छिन् बाछाबाछी पछाडी रहे त्यसले दुध चुस्दछ र बच्चा बिरामी हुन् र मर्न सक्दछ भन्ने कुरामा गाई सदैव सचेत हुन्छ तर भैसी, कुकुर, सुङ्गुर आदिले आफ्ना बच्चालाई जहिलेपनि पछाडि राख्छन् ।

    बाछा बाछीले दुध धेरै खान खोजे गाईले सिंहले हान्छिन । क्याल्सियम, भिटामिन, आईरन चक्की मानव शरीरको लागि फाईदाजनक छ भन्ने सबैलाई थाहा छ तर डाक्टरको क्याल्सियम, भिटामिन, आईरन चक्की मानिसले धेरै खाए हाम्रो शरीरको किड्नी र लिवर नै खतम हुन्छ ।

    तसर्थ हर कुराको आफ्नो दायरा र लिमिटेसन हुन्छ ।जुरो भएको गाईको दुध पनि त्यस्तै नै हो । जुरो भएको गाईले आधा वा १ लिटर मात्र दूध दिनुको कारण पनि
    त्यही नै हो । जुरो भएको गाईको एक गिलास दूधमा यती शक्ति हुन्छ कि त्यो खाएपछि मान्छेलाई दालभात, पानी, नुन समेत पनि खानु पर्दैन ।

    नेपाल भारतका लाखौ जोगीहरू दुध मात्र सेवन गरेर पनि बाचेका छन । त्यसैले परापुर्वकालमा ऋषिहरूले गाई नै पाल्थे न कि भैसी र बाख्रा । बाख्राको दुध गाईको भन्दा अझै बढी पोषिलो हुदा हुदै पनि बाख्राको दुधलाई खाईएन र गाई कै दूधलाई प्रयोग गरियो ।

    किनभने गाईको दुध र मानवको दुधमा धेरै समानता छ । त्यसैले डाक्टरले पनि गाई कै दुध खुवाउन सल्लाह दिन्छ न कि भैसी, सुगुर वा बाख्राको । कृतिम जर्सी गाईको दुध धेरै खाएपनि हामीलाई त्यसले केही फरक नपर्नुको कारण त्यसको दुधमा लोकल गाई (जूरो भएको गाई) को जस्तो तागत नहुनु नै हो ।

    प्राकृतिक हावापानी खाना खाएर हुर्किएको सुत्केरी आमाको दूध पनि बच्चालाई धेरै खुवाए मान्छेको बच्चा पनि छेर्ने, बिरामी हुने र मर्न सक्दछ । त्यसैले पहाड पर्वत तिरका गाउँघरमा बच्चाले दूध धेरै खाने भन्यो कि आमाले बच्चालाई पिट्ने गरेको देखिन्छ ।

    आमाले आफ्नै दुध निकालेर फ्याक्ने समेत गर्छिन । त्यसैगरी श्रावण महिनामा नै किन त शिवलाई बढी दुध चढाईन्छ त भन्दा आयुर्वेदमा समेत साउन महिनामा हरियो सागपात नखान उपदेश गरिएको छ । श्रावण महिनादेखि वर्षाऋतु र दक्षिणायन शुरु हुन्छ ।

    दक्षिणायन शुरुसँगै पर्यावरण तथा प्रकृतिमा एक खालको प्राकृतिक प्रभाव विकसित हुन्छ । यो समयमा हरियो घासपात नि बढी हुने भएकोले गर्दा मित्रु र शत्रु दुवै किसिमका जिवहरूले सन्तानोत्पादन गर्दछन अधिकाम्स जीवाणुहरूले जमिन र घास पातमा आफ्ना अण्डा र सन्तान कोरल्छन करिब एक महिना अवधि भित्रमा उक्त अण्डाको जीव बन्ने प्रक्रिया सकिन्छ प्रकृतिले यसलाई सन्तुलनमा ल्याउन करिबन एक महिना लाग्नसक्ने हुन्छ ।

    यही विषाक्तता बढ्ने र उक्त सागपात मानिसले खाए मानव स्वास्थ्यमा त्यसको नकारात्मक प्रभाव हुने भएकोले यो महिनामा सागपात नखान भनिएको छ  ।त्यसैले यो महिनामा खानको लागि हाम्रा बुढापाकाले आलु, गुन्द्रुक, मस्यौरा आदी जस्ता सुख्खा किसिमका सब्जी तयार गरेर राख्ने गर्थे ।

    मानव जातीले त सागपात नखाएर नि एक महिना निकाल्न सक्छ तर जीवजन्तुको लागि त्यसको कुनै विकल्प छैन । तसर्थ यो महिनामा गाई वस्तुको दुध खादा उक्त विषाक्त हरियो घासपात खाएको कारणले जनावरको मासु र दुधमा समेत असर पर्ने हुन्छ । यदि हामीले गाईवस्तु पालेको छौ भने यो महिनामा हामीले पालेका गाई, बाख्रा, कुखुरा, सुगुर लगायतको जीवले छेर्ने गर्दछन ।

    हामी सोच्दछौ कि घास धेर खाएर छेरेको होला भनेर तर अलिक जान्नेबुझ्नेहरूले गाई बाख्रालाई नाम्ले किरा परेर छेरेको भनेर गाईलाई नाम्ले, जुकाको दबाई खुवाउदछन । नाम्ले किरा परेको गाईको दुध समेत विषाक्त हुन्छ । तसर्थ आयुर्वेदले समेत यो महिनामा सागपात र दुध नखानु भनेको छ ।

    उक्त विषाक्त दुध न गाई बाच्छालाई छोड्न मिल्यो न आफुले दुएर खान मिल्यो तसर्थ यो समयमा उत्पादित दूधलाई शिवलाई चढाउने गरिन्छ त्यत्रो कालकुट विष पचाउन सक्ने शिवको लागि उक्त दुध त केहिपनि होईन दुध अर्पण गर्दा शिव भक्ति पनि बढ्ने, सो भक्तिबाट प्राप्त हुने करुणाबाट आत्मोन्नतिको साथमा
    सम्भावित दुष्परिणामको पनि भय नहुने हुँदा यो महिनामा शिवाराधना गर्दा शिवलाई अत्यधिक मात्रामा दुध अर्पण गरिन्छ ।

    त्यसैगरी शिवलाई वेलपत्र नि अर्पण गरिने गरिन्छ । वेलपत्र आफैमा एक औषधी पनि हो । अपच, ग्यास, नपुंगसकता, एसीडीटी, दम, ज्वरो, त्रीदोश (बाथ, कफ, पित्त), जोर्नी दुखेमा वा सुन्निएमा, गर्मीको कारण मुखमा छाला खुईलिने भएमा, मुटु रोगी भएमा बच्चाले पटक पटक पातलो दिशा गरेमा, दातमा पाईरिया भएमा
    पसिना गन्हाएमा, काखी खुट्टा गनाएमा, शरीरमा अत्याधिक गर्मी भएमा आदी अनेक रोगमा यो काम आउछ । तसर्थ अनेक रोगको औषधी वेलपत्रलाई दुध सगै शिवलाई अर्पण गरिन्छ ।

    तसर्थ श्रावण महिना भरी खुलेर शिवअर्चना गरौ , आफ्नो कर्म र धर्मलाई नछोडौं । ॐ नमः शिवाय ।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.