• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

‘खेलाडी छन्, खेलमैदान छैनन्’


  •   सोमबार, साउन ०८, २०८० मा प्रकाशित
  • भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन्। खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले सक्दो प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरुले बताए।

    Advertisement

    भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले यस्तो बताएका हुन्। कार्यक्रममा सहभागी वक्ता स्कुलका प्रतिनिधिहरुले यही कारण जिल्लामा खलकुद विकासले फड्को मार्न नसकेको बताए।

    कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेल मैदानको अभावमा जिल्लामा खेलकुद क्षेत्र पछाडि परेको स्वीकारे। ‘हामीसँंग एउटा पनि खेलकुद मैदान छ्रैनन्,’ उनले भने, ‘केही खेल मैदानहरु छन्, ती पनि स्थानीय निकायको नियन्त्रणमा छन्।’

    भक्तपुरमा सबैभन्दा ठूलो भक्तपुर नगरपालिका–७ मा माहेश्वरी खेल मैदान छ। अहिले यस खेलकुद मैदान काम चलाउ मैदानको रुपमा प्रयोगमा छ। वर्षामा हिलाम्य भएर यसलाई प्रयोग गर्न सकिने अवस्था छैन। यसलाई फुटबल मैदानसहितको रंगशालाको रुपमा स्तरोन्नति गरिने योजना राखेको एक दशक भए पनि अहिलेसम्म यसले मूर्तरुप लिन सकेको छैन।

    ‘अव्यवस्थित हुँदै रहेको उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिपरेका छौं,’ उनले भने। यसको लागि भक्तपुर नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ। भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने जनाइएको छ।

    कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको बताइएको छ। उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको जनाइएको छ। तर यसले मूर्तरुप भने अहिलेसम्म लिन पाएको छैन।

    प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न खेलमैदानको अभावसहित अन्य विविध समस्याहरु रहेको सुनाए। उनले एउटै स्कुलमा धेरै खेलमा विद्यार्थीहरुले रुचि राख्ने, तर त्यसअनुसार प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए। आर्थिकभार पर्ने भएकाले धेरै जना प्रशिक्षक राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्नेलगायतका आर्थिक भार रहेको उनले बताए।

    प्याब्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने, तर त्यस अनुसारको मैदान, प्रशिक्षक राख्न नसकिने समस्या रहेको बताए।

    कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलहरुको प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रिन्सिपल तथा प्रतिनिधिहरुले ‘एक विद्यार्थी : एक खेलाडी’ आवश्यक रहेको तर पनि खासै उपलव्धी हासिल गर्न नसकेको बाध्यता सुनाए।

    सोमबार, साउन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.