• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निर्वाचन आयोगको उम्मेदवारलाई कारवाही गर्ने निर्णयमा कानुनको अपव्याख्या


  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
  • निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक नगरेको भन्दै २४३५ जना उम्मेदवारलाई जनही पन्ध्र हजार रुपैयाँ जरिवाना र तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। तर, विज्ञप्तिमा उल्लेख गरिएकोे निर्णयमा कानुनको अपव्याख्या गरिएको पाइएको छ।

    Advertisement

    यस विषयमा आयोगले जरिवाना तिर्न आदेश दिएका उम्मेदवारहरुले पनि आपत्ति जनाइसकेका छन्। उनीहरुले आफूले निर्धारित समयमै निर्वाचन खर्च विवरण बुझाएको र यसबारे आमसंचार माध्यममा समाचार समेत प्रकाशित भएको भन्दै समाचारहरु पनि सार्वजनिक गरेका छन्।

    निर्वाचन आयोगले भने उनीहरुले खर्च विवरण आयोगमा बुझाएको तर विवरण सबैको जानकारीको लागि सार्वजनिक गरिएको भनी आयोगले तोकेको कार्यालयमा लेखी नपठाएकोले यो जरिवाना गरिएको बताएको छ।

    निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा ४ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ।

    निर्वाचन आयोगले यसरी विवरण सार्वजनिक गरेको जानकारी तोकिएको कार्यालयमा लिखित रुपमा पठाउन भनिएको बताएको छ। तर, आयोगले जरिवाना गरेकी रास्वपाकी सांसद सोबिता गौतमले यसरी विवरण सार्वजनिक गरिएको कुरा लिखित रुपमा जानकारी गराउनुपर्ने कानुनी प्रावधान नै नभएको तर्क गरिन्। गौतम कानुनकी विद्यार्थी र अधिवक्ता समेत हुन्।

    निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख गरिएअनुसार निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचनमा उम्मेदवार हुन रोक लगाउन सकिने कानुनी प्रावधान समेत छैन।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ३ मा निर्वाचन खर्च विवरण नबुझाएको वा गलत खर्च विवरण बुझाएवापत जरिवाना लगाइएकोमा सो जरिवाना ६ महिनासम्म नतिर्नेलाई उम्मेदवार हुन रोक लगाउन सकिने व्यवस्था छ। यो व्यवस्था खर्च विवरण बुझउँदै नबुझाउनेलाई हो सार्वजनिक नगर्नेलाई होइन।

    यस विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विज्ञप्तिमा प्राविधिक त्रुटि भएको हुनसक्ने बताए। डिसीनेपालसँग कुरा गर्दै उनले भने, ‘खर्च विवरण सार्वजनिक नगर्नेलाई जरिवाना मात्र गरिने हो निर्वाचनमा भाग लिन रोक लगाउने होइन।

    विज्ञप्तिमा कुनै कारणवश प्राविधिक त्रुटि भएको हुन सक्छ। यहाँ हामीसँग आयोगमा भएको निर्णयमा यस्तो कुनै कुरा उल्लेख गरिएको छैन। यहाँ भएको निर्णयमा जरिवाना गराउने कुरा मात्र लेखिएको छ निर्वाचनमा भाग लिन रोक लगाउने कुरा लेखिएको छैन।’

    थपलियाले यसरी जरिवाना लगाइएका उम्मेदवारहरुले तोकिएको ७ दिनभित्र खर्च विवरण सार्वजनिक गरी आयोगले तोकेको कार्यालयमा लेखी पठाउनुपर्नेछ।

    यदि कोही उम्मेदवारले यसअघि नै विवरण सार्वजनिक गरिसकेको तथ्य र प्रमाण आयोगमा पेश गरेमा त्यस्ता उम्मेदवारलाई जरिवानाबाट उन्मुक्ति दिइने समेत थपलियाले बताए।

    बुधबार, साउन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.