नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस सेयर नेप्से सूचीकृत भएको हो।
