• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल


  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित
  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरहेको बताएका छन्।

    Advertisement

    भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताएका हुन्।

    उनले अन्तिम समय वैशाख–जेठमा टेन्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेन्डरको काम आर्थिक वर्षको पहिलो चैमासिकमा नै गरिसक्ने व्यवस्था मिलाउँदै लैजाने बताए।

    उनले भने, “अब हचुवाका भरमा मात्र काम गर्नेभन्दा पनि पाँचवर्षे आवधिक योजना बनाएर काम गर्नुपर्छ, अघिल्लो चार वर्षको वहुबर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी बहुवर्षीय योजना परे, धेरै गुनासा सुनिए, म आफैँ आर्थिक मामिलामन्त्री हुँदा बहुवर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ।”

    अघिल्लो सरकारले हालेका बहुवर्षीय योजनाको बोझ बोक्नुपरेको र ३० देखि ४० प्रतिशत काम मात्रै भएकाले त्यसलाई सम्पन्न गर्न थप चुनौती रहेको उनले बताए। काठमाडौँ–हेटौँडा जोड्ने भैँसे–भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढाए पनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उनको भनाइ छ।

    पहिलो सरकारको कार्यकालबाट सुधार सुरु भएको काठमाडौँ–हेटौँडा सडकखण्डको भीमफेदीको सडकको काम तीव्र गतिमा सम्पन्न गर्न सवारी साधन ‘डाइभर्ट’ गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा निर्माण सम्पन्न गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।

    मुख्यमन्त्री जम्कट्टेलले देश संघीय शासन प्रणालीमा गएको तीन तहको सरकार हुँदा पनि मकवानपुरको सेवा लिन चितवन, धादिङ जानुपर्ने वा अन्य जिल्लामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए। उनले सहरी विकास र पूर्वाधारणका कार्यालय १३ वटै जिल्लामा पुर्‍याउन कर्मचारीलाई निर्देशन दिर्दै संघीयताको महशुस हुनेगरी आमनागरिकले सहजसँग सेवा पाउनुपर्ने स्पष्ट पारे। उनले सरकारले महत्व दिएका कामलाई प्राथमिकताका साथ अगाडि बढाउन कर्मचारीलाई निर्देशनसमेत दिए।

    भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कुनै पनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह गरे। उनले चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षसम्ममा हेटौँडाको बुद्धचोकदेखि काठमाडौँसम्मको सडक निर्माण भएर कालोपत्र हुने दाबी गरे। विकास निर्माणका काममा जहाँ समस्या छ त्यहाँको समस्या समाधान गर्न कार्यालयका प्रमुख र कर्मचारी लाग्नुपर्ने उनको भनाइ छ।

    कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरणप्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीलगायतको उपस्थिती रहेको थियो।

    बिहिबार, साउन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.