• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

सन्दर्भ रक्तसञ्चार दिवस : चितवनमा सधैँ रगत अभाव


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ ।

    Advertisement

    जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र आफन्त र सामाजिक अभियान्ता गुहारेर रगतको जोहो गर्न बाध्य हुँदै आएका छन् ।

    क्यान्सर उपचारका लागि देशैभरी र भारतबाट समेत बिरामी आउने गर्दछन् । उनीहरुलाई यहाँ रक्तदाता खोज्न निकै कठिन हुने गरेको छ । यसैले गर्दा कतिपयको उपचार रोकिने गरेको गुनासासमेत आउने गरेको छ ।

    केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सयदेखि एक सय ५० युनिटसम्म रगतको माग हुने गरेको भए पनि ६० प्रतिशतभन्दा बढी केन्द्रले सङ्कलन गरेको रगतले मात्र पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रले वार्षिकरुपमा २५ हजार युनिट हाराहारी रगत सङ्कलन गर्र्ने गर्दछ । चितवनसहित छिमेकी १० जिल्लाबाट केन्द्रले रगत सङ्कलन गरेर ल्याउने गर्नाका साथै सामाजिक सङ्घ संस्थालाई भेला गराएर क्यालेण्डर निर्माण गरी रक्तदान कार्यक्रम गरिँदै आइएको छ ।

    प्रमुख पौडेलले युवा पङ्क्ति विदेशिएको, यहाँ भएका युवामा मन छुने गरी अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन नसकिएको र अन्य कारणले मागअनुसार रगत सङ्कलन हुन नसकेको बताउनुभयो । समूहगत मानिस भएका ठाउँमा रक्तदानसम्बन्धी बृहत् अभियान सञ्चालन गर्नुपर्ने भए पनि गर्न नसकिएको उहाँको भनाइ थियो ।

    ‘एक घर एक रक्तदाता’ अभियान सञ्चालन गरेर रक्तदानप्रति जागरुकता ल्याउनुपर्नेमा प्रमुख पौडेलले जोड दिनुभयो । हरेक नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्यले मिलेसम्म रक्तदान गरिदिएमा धेरै हदसम्म माग पूरा गर्न सकिन्छ। जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी साना निजी अस्पतालले बिरामीको उपचार गर्दै आएका छन् । क्यान्सर र अङ्ग प्रत्यारोपणका एउटै बिरामीलाई धेरै रगत आवश्यक पर्दछ ।

    दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्दछ । प्रमुख पौडेलको भनाइमा एकै जना क्यान्सरका बिरामीलाई सात सय युनिटसम्म रगत दिएको तथ्याङ्क छ । यसैगरी जिल्लामा रहेका ८० जना हाराहारी थालेसेमियाका बिरामीलाई मासिकरुपमा एकदेखि दुई युनिट रगत दिनुपर्ने हुन्छ ।

    अस्पतालमा रक्तसञ्चार फ्रिज नहुँदा बिरामीका आफन्तले बिरामीका लागि मौजातको रुपमा लगेको रगत फिर्ता आउँदा कतिपय बिग्रने गरेको पाइने र १५ प्रतिशत हाराहारी यसरी रगत फिर्ता आउने गर्दछ ।

    केन्द्रको सञ्चालन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ । उक्त सोसाइटीका जिल्लास्तरीय मन्त्री राममणि खनालले युवा लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जे जति गरेका छौँ, यसले पुगेन, फरक ढङ्गले जनचेतनामा जुट्नुपर्ने अवस्था आयो ।”

    युवा वर्गमा सामाजिक भावको विकास गरी रक्तदान अभियानलाई बढाउनुपर्ने मन्त्री खनालको भनाइ थियो । विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, राजनीतिक दल, दलका भ्रातृ संस्था, सहकारीलगायत ठूला समूहले अभियानमा साथ दिएमा आवश्यकताअनुसारको रगत सङ्कलन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले रक्तसञ्चार केन्द्रको स्तरोन्नतिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा बकुलहर रत्ननगर अस्पतालमा रक्तसञ्चार केन्द्रका लागि रु १५ लाख विनियोजन गरिएको भन्दै बिरामीका आफन्तले रगतका लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेर जाने रगतबाट मानिसको जीवन बच्ने भएकाले स्वास्थ्य अनुकूल भएका सबैले रक्तदान गरी मानवीय सेवामा जुट्नुपर्छ ।”

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.