“म बालेन”
एक सपनामा,
म त बालेन भएछु
बिहानपख!
मलाई डोजरले डोराइरहेको
वा मैले डोजर हाँकिरहेको
अनि मेरो छेऊमा राजुसाब बसेको।
जाबो नहर टोलका टोलेहरुले हेप्नि?
सरकारी जग्गामा टोलको टहरा?
ड्याम्म हाान्दियो; नेताजी?? बालै फरर।
अल्लि उता गएको,
एउटा एनजीओ अस्पतालको जग्गामा
ड्याम्मको घर; आधि लाख भाडा
भ्रष्टाचार निर्मुल भन्नेहरुको रजगज?
कस्सियो डोजर/ सन्किएँ म
सुटमा तन्किएँ म।
कास, म स्वतन्त्र भएको बेला
न दलको खटन; न स्टे अडर
क्या बात।
अर्को साहुले त सरलक्कै रजाइँ
न्यून भाडामा सधैंको दुहाई ?
जोरजुलुम गर्दै भन्यो
भाडै नतिर्ने पनि त छन् यहाँ
साँच्चै पुर्वपट्टि हेर्या
बिना भाडामा ओगटेका
महल र महलपतिहरु
एक हप्ताको अल्टिमेटम
तर डोजर बाहिर राजुसाब
हानम हानम भन्दै हुन्थ्ये।
आफ्नै अस्पताल आएको त
मै परे घेराउमा !
डाक्टर मान्छे बिरामी नहेरी
कहाँ गएको? पो भन्छन्।
मैले पनि बालेन शैलिमा
कालो चश्मा मै भन्दें
कर्मचारिहरु काममा हेलचक्राईं होइन
फेरि रयाप हान्न नपरोस् है!
डाक्टरहरु खाली खाली क्लिनिकमै टाप
भित्र आऊने बिरामी बाहिर बाहिरै झ्याप
अनि के को ट्याप ट्याप ?
ट्याप ट्याप ट्याप ट्याप।
भित्र भने बिरामीको लामो लामो लैन
बाहिर भने खाली खाली कतै छैन चैन
त्यसैले त छ दिमागमा रयाग रयाग
रयाग रयाग रयाग रयाग।
यता बिरामी पनि आउँछन कस्ता कस्ता
बिमामा पाए अलकत्रा नि ठाडै खाम जस्ता
प्रोस्टेटको दबाई आमाको कार्डमा लेख लेख भन्छन्
अमेरिका जाने ६ महिनाको ओषधि लिनलाई कन्छन्
अनि फेरि ठुला कुरा; अस्पताललाई गाली
यस्तै गाली तालीमा छु है; म त हेर साली
बिजुली जान्छ झ्याप झ्याप
यता गाली ट्याप ट्याप
यस्तै छ जिन्दगी हेर सधै
तर गाउँछु र्याप र्याप
र्याप र्याप र्याप र्याप।
