• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सामुदायिक वनलाई रोजगारी सिर्जना गर्नेतिर लैजानुपर्छ : अध्यक्ष ओली


  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा एमालेको वन तथा वातावरण विभागको आयोजनामा बिहीबार धुलिखेल नगरपालिका –२ रविगाउँस्थित अल्छे सामुदायिक वनमा आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    Advertisement

    नेपालमा वन क्षेत्र जोगाउने काममा सामुदायिक वनका सदस्यको ठूलो भूमिका रहेको उहाँको भनाइ छ । “देशमा रहेको वन क्षेत्रमध्ये समुदायिक वन सबैभन्दा बढी सुरक्षित र संरक्षित छ, त्यसैले अब सामुदायिक वनमा हावापानी सुहाउँदा फलफूलका बिरुवा लगाएर रोजगारी सिर्जना गर्न र नागरिकको आम्दानी वृद्धि गर्नेतर्फ अघि बढ्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो ।

    उहाँले सामुदायिक वनभित्र मरिच, पान, ल्वाङ, काजु, आँप, कटहर, लिची, अम्बाजस्ता हावापानी सुहाउँदा फलफूल तथा जडीबुटीका बिरुवा रोप्न सुझाव दिनुभयो । उहाँले सामुदायिक वनहरु रोजगारी सिर्जना गर्ने र आम्दानी गर्ने क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

    अध्यक्ष ओलीले सामुदायिक वनभित्र खाली रहेका र प्रयोगमा आउन नसकेको क्षेत्रलाई बहुआयामिक, बहुउद्देश्यीय उपयोग गरेर सुन्दर र आकर्षक बनाउन सकेमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

    उहाँले स्थानीय तहले वनसँग सम्बन्धित निकायसँग मिलेर वन क्षेत्रलाई साँच्चै वनको रुपमा विकास गर्न सुझाव दिनुभयो । उहाँले नेपालमा वन विनाश भएर ठूला वनको रुपमा चिनिएका तराईका वनहरु सकिन लागेको र वातावरण बिग्रन लागेको समयमा देशमा सामुदायिक वनको अवधारणा अघि बढेको बताउनुभयो ।

    सामुदायिक वनका कारण नै वन क्षेत्रको विस्तार र संरक्षण भएकाले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालले सामुदायिक वन र त्यससँग जोडिएका वैभव जोगाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

    नेपालको सामुदायिक वन कार्यक्रम नमुना कार्यक्रम रहेकाले विदेशीहरुले समेत यसको अध्ययन गर्न लागेको बताउनुभयो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रकृतिको रक्षा र वातावरणको रक्षाविना मानिस र चराचर सृष्टि जगतको अन्त्य हुने भएकाले प्रकृति र मानव जातिलाई जोगाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठकले सहस्राब्दी लक्ष्य पूरा गर्न १५ वटा सूचकहरु वनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले एमालेले ‘एक सदस्य, एक बिरुवा’ को अवधारणा अघि सारेर हरेक वर्ष वृक्षरोपण कार्यक्रममा सहभागी हुँदैआएको बताउनुभयो । गोरखापत्र

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.