२७ साउन भरतपुर
महेश्वर सुवेदी एकता समाजको कुल मन्दिर परिसर भरतपुर १९ मा आज महेश्वर सुवेदी एकता समाजको छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भयको छ ।
कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा १९ का महिला सदस्य दिलकुमरी थापाले यस सस्थाको बिकसमा वडा कार्यालयले सहयोग गर्ने बताउदै कार्यक्रम सफलताको शुभकामना दिनुभयको थियो । कार्यक्रममा बिष्णु प्रसाद सुवेदीले सबैलाई स्वागत स्वागत गर्न्नुभयको थियोे ।
सस्थाका सदस्य श्यामप्रसाद सुवेदीले सस्था स्थापना गर्नुको उदेश्यका बारेमा प्रकाश पर्नुभयको थियोे । कार्यक्रममा नबराज सुवेदी, गोपाल सुवेदी, ढाप प्रसाद सुवेदी, खेमनाथ शास्त्री लगायतले मन्तव्य राख्नु भयको थियोे ।
करिब ६० जनाको उपस्थिति रहेको कार्यक्रम सस्थाका सचीव ठाकुर प्रसाद सुवेदीले संचालन गर्नुभएको कार्यक्रम सस्थाका अध्यक्ष रमकान्त सुवेदीको अध्यक्षतामा सप्पन्न अधिबेशन बाट आगामी २ बर्से कार्यकालका लागि काशीनाथ सुवेदीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।
सोही अधिबेशनबाट राम प्रसाद सुवेदीको नेतृत्वमा लेखा समिति र रमकान्त सुवेदी नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरेको थियो ।
