आजको ताजा दृश्य
हेर्नै नसकिने, उद्धार गर्न त परको कुरा
अफिस जाने आउने बाटो
टिकौली जंगल
फिल्मी शैलीमा दुर्घटना
कैयौं बाइक स्कुटरहरु कलेजको बस मुनि
लास बोकेको बोलेरो अर्कोतिर
छट्पटाइरहेका रगताम्य जिन्दगीहरु
ओहो !! म चिच्याएछु
अफिस जाँदै गर्दा घटनाको प्रत्यक्षदर्शी बनियो
कामे दिनभरी खुट्टाहरु
आइरहेको थियो दुर्घटनाकै समाचारहरु
हरे!! यो कस्तो नियती
लास पनि दुर्घटनामा पर्नु
घाटमा पुग्न नपाउनु
समयमै जल्न नपाउनु
लास दुर्घटनामा परेको दिन !!

