• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धमाधम आउन थाले तिज गीत


  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
  • तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १ गते मात्र हिन्दु महिलाले मनाउने तिज पर्व परेको छ । पुरुषोत्तम मासको व्रत सकिँदा नसकिँदै सञ्चार माध्यममा र सामाजिक सञ्जालमा छाउन थालेका तिजका गीतले महिलाहरूमा तिजको रौनक देखिन थालेको छ । गायकगायिका र म्युजिक भिडियो निर्माताहरू तिजका गीत बजारमा ल्याउने चटारो बढेको बताउँछन् । दिनहुँ जस्तो तिजका गीतका भिडियो बनाउन प्रस्ताव आउन थालेको भिडियो निर्माता एवं निर्देशक कृष्ण रूपाखेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार चलेका गायकगायिकाको भाउ यति बेला सुनभन्दा पनि चर्को छ । तिजको लहरमा लहड बनेर आएका गीतहरूको आयु पनि यही एक डेढ महिना रहने हो ।”

    Advertisement

    यही क्रममा गायिका अञ्जु श्रेष्ठको तिजको लहर बोलको गीत सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई बीना भट्टराईले गायनमा साथ दिनुभएकी छ । गीतमा भट्टराईकै शब्द रहेको छ भने सङ्गीत मीन गुरुङको रहेको छ । गीतको एरेन्ज सुदीप सागरले गर्नुभएको हो । गीतको मिक्सिङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ । गीतको भिडियोमा मुख्य दीपाश्री निरौला देखिनुभएकी छ भने स्वयं अञ्जु श्रेष्ठ र बीना भट्टराईको अभिनय रहेको छ । गीतको निर्देशक तथा छायाङ्कन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । नृत्य निर्देशक सन्तोष राजवाहक र सम्पादन विवेक उप्रेतीको रहेको छ ।

    लेखनाथ संवाददाताका अनुसार गायिका अम्बिका भण्डारीले यस वर्ष ‘हो कि होइन जुनकीरी’ बोलको गीत बजारमा ल्याउनुभएको छ । २०६५ सालमा पहिलो पटक तिज गीत सार्वजनिक गर्नुभएकी भण्डारीले समाजका विभिन्न पक्षको चित्रण गरिएको गीत बजारमा ल्याउनुभएको हो ।

    पहिलो वर्षको गीतमा बुवाहरूको पीडा समेटेकी भण्डारीले त्यसपछिका गीतमा आमाका पीडा, विदेश जाने युवाले भोग्नु परेका सास्तीलाई विषय लिएर गीत रचना गर्नुभएको थियो । यसपालिको उहाँको म्युजिक भिडियोले सबै सन्तान विदेशमा हुँदा स्वदेशमा वृद्धवृद्धाले बिताउनुपर्ने कष्टकर जीवन समेटेको छ । आर्थिक र अनेक तवरले सङ्कटमा रहेको नेपाली समाजलाई गीतले आशावादी बन्नुपर्ने सन्देश दिएको छ । “अहिलेको समयमा जस्तो सुकै दुःख भए पनि सामना गर्नु पर्छ, दुःखले बाच्न सिकाउँछ,’ गीतकारसमेत रहनुभएकी भण्डारी भन्नुहुन्छ ।”

    गीतमा स्वर र लयसमेत उहाँकै हो । बाँसुरी स्टुडियो पोखराले तयार गरेको म्युजिक भिडियो एरेन्ज दिवश थापामगरले गर्नुभएको छ । पोखरेली माग्ने बुढा (युवराज भण्डारी) ले निर्देशन गरेको भिडियो छायाङ्कन सुशील अधिकारी र सम्पादन युवराज अधिकारीले गर्नुभएको छ । कलाकार धर्मदत्त दाहालको अभिनय रहेको गीतमा कुलमाया क्षेत्री, करुणा भण्डारी, विष्णुमाया पराजुली, सविना सुवेदी, निस्मा थापामगर, रश्मि भण्डारीलगायतले नृत्य गर्नुभएको छ ।

    त्यस्तै गायक खुमन अधिकारीको पनि तिजलक्षित ‘जता जता मायाको पाइलो’ बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमका कथा वस्तुमा तयार भएको गीतमा अधिकारी स्वयं र आशा बिसीको स्वर रहेको छ । विक्रमबाबु विश्वकर्माको शब्द रहेको गीतले वास्तविक तिज गीतको तिर्सना मेटाउने दाबी गरिएको छ । यस वर्षको तिजमा गायक अधिकारीका करिब दुई दर्जन तिज गीत बजारमा आएका छन् भने केही आउने क्रममा छन् ।

    बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.