नारायणगढ जेसीज वर्ष २०२३ जेसीज सप्ताहको आज एक भव्य कार्यक्रमका माझ भरतपुर महानगरपालिकाको सभाहलमा समुद्घाटन सुसम्पन्न भएको छ।नारायणगढ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी अमर घिमिरेज्युको सभापतित्व एंव महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीज्युको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर महेश दाहालज्युद्वारा महानगरपालिकाका जनप्रतिनिधिज्युहरुलाई प्रभावकारी बैठक संचालन तालिम प्रदान गर्नु भएको थियो।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरपालिकाका उपसचिव गणेश नेपालीज्यु, व्यवसायिक साझेदार उत्सव हार्डवेयरका संचालक शिरीष पन्तज्यु, निवर्तमान अध्यक्ष जेसी अमृत श्रेष्ठज्यु, पुर्व अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार सेवन पन्तज्यु, पुर्व अध्यक्षज्युहरु सिनेटर गोपाल भट्टराईजु,जेसी अर्जुन अधिकारीज्यु, विकासमान श्रेष्ठज्यु, सिनेटर बासुदेव दवाडीज्यु को गरिमामय उपस्थिती रहेको थियो।
आजको कार्यक्रमका संयोजन सदस्य जेसी विनोद अधिकारीज्युले गर्नु भएको थियो भने सप्ताहको मुल संयोजक जेसी राजेन्द्र भट्टराईज्यु रहनु भएको छ।
जेसीज सप्ताहका कार्यकर्महरु यहि भाद्र ७ गतेसम्म संचालन हुने छन्।
भोली भाद्र २ गते दोस्रो दिनको कार्यक्रम अन्तर्गत कुरीनटार स्थित जेसीज गाऊँमा शैक्षिक सामाग्री हस्तान्तरण एंव ईच्छाकामना गाऊँपालिका कार्यालयको सहकार्यमा बृहद स्वास्थ्य शिविर संचालन गरिने छ।
