• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयमा अहिले सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्न नसकेको बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो, “सुरुआती समयमा आकर्षण देखिए पनि अहिले त्यो आकर्षण कायम रहन सकेको छैन ।” विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरु गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उहाँले बताउनुभयोे । उहाँका अनुसार पहिलो वर्ष तोकिएको कोटा ४८ जनानै भर्ना भएका थिए । त्यसपछिका वर्षहरुमा क्रमशः सङ्ख्या घट्दै आएर यस वर्ष ३२ जना मात्रै भर्ना भएको उहाँले बताउनुभयो ।

    कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरुले कक्षा १२ उत्तीर्ण गर्दै गर्दा सवइन्जिनियर हुन्छन् । प्राविधिकतर्फ विसं २०७४ बाट कृषि शिक्षा अध्ययन गराउँदै आएको भरतपुर महानगरपालिका–२० को भीमनगर माध्यमिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण कम भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार एसइईसम्म विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरे पनि पछि धार परिवर्तन गर्ने गरेको बताउनुहुन्छ । कक्षा ९ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या अनुपातमा कक्षा १२ सम्ममा पुग्दा आधाआधी मात्रै रहने गरेको उहाँको भनाइ छ । कक्षा ९ मा कोटाअनुसार भर्ना भए पनि कक्षा १२ सम्म पुग्दा आठ जना मात्र भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले कक्षा ९ मा ४५ जना भर्ना भएका छन् भने कक्षा १० मा ३४ , कक्षा ११ मा १५ र कक्षा १२ मा आठ जना भर्ना भएका छन् । सुरुआती वर्ष १५ विद्यार्थी भर्ना भएका थिए । उहाँले भन्नुभयो, “विद्यार्थीले एसइईमा राम्रो ग्रेड ल्याउनका लागि कृषि पढ्ने र पछि गएर विज्ञान पढ्ने भन्दै धार परिवर्तन गर्ने गरेका छन् ।” समुदायस्तरमा प्राविधिक शिक्षाको ज्ञान पु¥याउन नसक्दा यस्तो समस्या आएको उहाँले बताउनुभयो । माडी माध्यमिक विद्यालय माडीमा अहिले पशु विज्ञानअन्तर्गतको प्राविधिक शिक्षा अध्ययन भइरहेको छ ।

    जहाँ पहिलेको तुलनामा अहिले विद्यार्थीको सङ्ख्यात्मक चाप नभएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्रप्रसाद पौडेलका अनुसार सुरुआती समयमा जस्तो चाप नभए पनि विद्यार्थीका आकर्षण विस्तारै घट्न थालेको छ । विसं २०७३ बाट अध्ययन सुरु गरेको यस विद्यालय सुरुआती दुई वर्ष कोटाअनुसारको विद्यार्थी भर्ना भएको भए पनि पछिल्ला वर्ष घट्दै गएर अहिले २९ विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार नेपाल मावि रत्ननगरमा वाली विज्ञान, बुद्धशान्ति मावि राप्तीमा पशु विज्ञान, त्रिवेणी बराह मावि इच्छाकामना गाउँपालिकामा कम्युटर इन्जिनियरिङ शिक्षा अध्यापन भइरहेको छ ।

    एकाइका प्रमुख भूमिलाल सुवेदीले कक्षा १० सम्म पढ्ने विद्यार्थी भए पनि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सङ्ख्या न्यून रहेको बताउनुभयो । कोटाअनुसार विद्यार्थी भर्नामा केही विद्यालयमा प्रवेश परीक्षासमेत लिने गरेको भए पनि सबै विद्यार्थी कक्षा १२ सम्म नपुग्ने गरेको उहाँको भनाइ छ । शिक्षा विभागबाट चितवनमा पहिलो पटक विसं २०६९ मा प्राविधिक शिक्षा कक्षा ९ देखि लागू गरिएको हो ।

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.