चितवन, भरतपुरमा आयोजित कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रा.दयाराम पौडेल र नेपाल संस्कृत वि वि का प्राध्यापक नवराज पाण्डेयले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।



चितवन मेडिकल कलेज कि प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, केन्द्रीय सदस्य डा सुनिल पोख्रेल, प्रदेश सदस्य बद्रि कोइराला,प्रदेश उपाध्यक्ष विपिन कण्डेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यशालामा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीहरूसहित करीब १३० भन्दा धेरैको सहभागितामा रहेको थियो ।
