• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण घटनालाई थामथुम पार्ने प्रयास : गगन थापा


  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    सो साङ्घातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई उहाँले सचेत गराउनुभयो । बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गर्नुभयो ।

    के काठमाडौँमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गर्नुभयो । कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था आएकाले काठमाडौँमा आफूहरू एक्लै हिँड्न सक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाम आउनेगरी काम भने नगरिरहेको महामन्त्री थापाले गुनासो गर्नुभयो । उहाँले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेसका सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो मध्यान्ह काठमाडौँमा साङ्घातिक आक्रमण भयो । मैले गलतै चिकित्सकहरूलाई सम्पर्क गरेको थिएँ । चिकित्सकहरूको भनाइअनुसार उहाँ भाग्यले बाँच्नुभएको छ । उहाँले नछल्नु भएको भए जे पनि हुनसक्थ्यो । म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

    एउटा सन्काले सन्केर हान्यो । म नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर यो घटना कसरी भयो, किन भयो ? यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस् उहाँले भन्नुभयो । योसँगै जोडिएका अरू सबै पक्षहरूको पनि । “म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?”

    कसैले बोलेको कुरालाई लिएर साङ्घातिक आक्रमण गर्ने, खुकुरी प्रहार गर्ने जायज नभएको उहाँले बताउनुभयो । “हामी कुनै पनि ढङ्गबाट हिंसालाई जायज बनाउने कोसिस गरिरहेका छौँ भने त्यो गलत छ । म आग्रह गर्न चाहन्छु यो संसदभित्र रहेका सबै राजनीतिक दलहरू, सञ्चार माध्यम, नागरिक, नागरिक समाज सबैले एक पटक मनन गर्नेबेला आएको छ ।” असन्तुष्टिलाई देखाएर हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौँ भने नेपाली समाजले ठुलो मूल्य चुकाउनुपर्छ उहाँले भन्नुभयो ।

    सो अवसरमा महामन्त्री थापाले ५ वर्षीया एक बालिकाको काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको उल्लेख गर्दै सो घटनाको छानबिन गरी तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । गोरखापत्र अनलाइनबाट

    बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.