• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माओवादी रुपान्तरण अभियान : निःशुल्क स्वास्थ्य चेकजाँच


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न सङ्गठनात्मक कार्यक्रम गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्य पनि सँगसँगै सञ्चालनमा ल्याएको छ ।

    Advertisement

    शनिबार अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ कमिटीले बेलासपुरमा नाक, कान घाँटी तथा दाँत रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीय सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच तथा निःशुल्क रुपमा औषधि वितरण गरिएको माओवादी केन्द्र १२ नम्बर वडा इन्चार्ज ताराकुमारी रोकायले जानकारी दिनुभयो ।

    स्वास्थ्य शिविरमा नाक, कान, घाँटी तथा दाँत रोग सम्बन्धित दुई सय पाँच जना स्थानीय सर्वसाधारणको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको माओवादी केन्द्र १२ नम्बर वडा अध्यक्ष तीरथराम चिडीमारले जानकारी दिनुभयो ।

    बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लि. नेपालगञ्जले नाक, कान तथा घाँटीसम्बन्धी रोगका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच र औषधि वितरण गर्न समन्वय गरेको र शाही डेन्टल क्लिनिक नेपालगञ्जले निःशुल्क रुपमा दाँतको चेकजाँच र औषधि वितरण गर्न समन्वय गरी सहयोग गरेको वडाध्यक्ष चिडिमारले जानकारी दिनुभयो ।

    बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र प्रा.लि.का नाक, कान तथा घाँटी रोगका अडियोलोजिष्ट पुरन चौधरीले शिविरमा धेरै जसो कानको जाली प्वाल परेका, कान पाकेका, कानको नसा कमजोर भई श्रवणशक्ति कम भएका तथा कानेगुजी सम्बन्धी रोगी बिरामीहरु पाइएको बताउनुभयो । त्यसैगरी फ्यारेन्जाइटिसका कारण घाँटी चिलाउने तथा दुख्ने समस्या भएका घाँटीका रोगी बिरामीहरु पाइएको बताउनुभयो ।

    शाही डेन्टल क्लिनिकका दन्त रोग विशषेज्ञ डा. सिर्जु पोख्रेलले दाँतमा किरा लागेका, इन्फेक्सनका कारण दाँतको गिँजा सुन्निएका, पाकेर पिप सम्म निस्केका लगायतका दाँतका समस्या भएका रोगी बिरामीहरु चेकजाँच गर्न आएको बताउनुभयो ।

    सामान्य खालका समस्या भएका बिरामीहरुलाई शिविरमै निःशुल्क रुपमा औषधि वितरण गरिएको र जटिल तथा अप्रेसन नै गर्नुपर्ने समस्या देखिएका बिरामीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थाले ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार सेवा दिने व्यवस्था गरिएको सम्बन्धीत स्वास्थ्य संस्थाले जनाएको छ ।

    शनिबार नेपालगञ्ज १२ नम्बर वडाको बेलासपुरमा सञ्चालनमा ल्याइएको सो शिविरमा प्रायः मधेश समुदायका महिलाहरु स्वास्थ्य चेकजाँच गराउन आएका थिए । निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा निःशुल्क रुपमै औषधि पाउँदा सर्वसाधारण खुसी देखिन्थे ।

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.