नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्विनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गर्नुभएको छ ।
एमाले कर्णाली प्रदेश अधिवेशनको उदघाटन गर्न सुर्खेत आउने क्रममा कोहलपुर–सुर्खेत सडकको अनुगमन गर्नुभएको हो । एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद शाहका अनुसार अध्यक्ष ओली सिधै सुर्खेत आउने कार्यक्रम भए पनि उहाँले सडकको अवस्था बुझ्ने भनेर नेपालगन्ज भएर आउनु भएको बताउनुभयो । उहाँ सडक मार्ग हुँदै सर्खेत आइपुग्नुभएको छ । अध्यक्ष ओलीले कर्णाली प्रदेश अधिवेशनको उदघाटन गर्नुभएको छ । गोरखापत्र अनलाइनबाट
