असाेज १०, काभ्रे । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रे जिल्लाकाे अत्यन्तै दुर्गम क्षेत्र डाँडा पारिकाे खानिखाेला गाउँपालिका तालढङ्गा स्थित श्रीजन विकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यार्थी परिषद्, भारत सरकार र भारतीय जनताको सहयोगमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, नेपाली अङ्ग्रेजी सिकाई पुस्तक, क्याप टाेपि आदि विद्यार्थीहरूलाई असाेज १० गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा प्रमुख अतिथि खानिखाेला गाउँपालिक वडा न ५ का वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तान विशिष्ट अतिथि नेपाल प्रहरीका असई कुबेर राउत, अतिथिका रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं राष्ट्रिय कानुन आयाम कार्य प्रमुख भानु प्रकाश जाेशीज्यु, श्री जनविकास मा.विका प्राचार्य देशबहादुर वाईवा सभापतिकाे रूपमा रहनु भएको थियोे । साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय व्यक्ति र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे ।
वितरण कार्यक्रममा वडा अध्यक्ष बुद्ध बहादुर स्याङतान र प्राचार्य देशबहादुर वाईवाले इतिहासमा पहिलोपटक यसरी आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई पढन सहयोग पुर्याउने उदेश्यका साथ पूर्व विद्यार्थीले संस्थाकाे माध्यामबाट आफ्नो विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेकाे भन्दै खुसि व्यक्त गर्नु भएको थियाे । साथै आगामी दिनमा गाउँपालिका, वडा र विद्यालयकाे तर्फबाट साथ सहयोग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईंले विद्यार्थी परिषद्काे कार्य र सेवा कार्यमा परिषद्ले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे । उहाँले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको र त्यस क्षेत्रमा पनि कार्यहरू सञ्चालन गर्न साथ र सहयोग गर्नु वताउनु भएको थियोे ।
साथै वितरण कार्य पश्चात् श्रीजन विकास मा.वि. कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू विच प्राज्ञिक परिचय एवम् सम्पर्क समिति पनि गठन गरिएको थियोे ।
