• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाल र चीनबीच आपसी विश्वासको वातावरण थप सुदृढ : प्रधानमन्त्री


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनु भएको छ । उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त भएको उल्लेख गर्नुभयो ।

    Advertisement

    प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गर्नुभयो ।

    “कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उहाँ यही असोज १३ गते स्वदेश फर्कनुभएको हो ।

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

    चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

    चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उहाँहरुले पूर्ण समर्थन रहने बताउनुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

    उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो ।

    यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमानाकाको पुनःसञ्चालन, सिमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उहाँको भनाइ छ ।

    यसैगरी, नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

    “नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल–चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    चीन भ्रमणका समयमा चीनको हाड्झाउमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिसमेतको उपस्थितिमा चीनका राष्ट्रपतिले गर्नुभएको उद्घाटन समारोहमा सहभागी भई नेपाली खेलाडीहरुको हौसला बढाउने अवसर प्राप्त भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

    हाइझाउ र बेइजिङमा भएका बैठक र छलफलका अलावा चीनको छोङछिङ, चीनको स्वशासित क्षेत्र तिब्बत र छन्दुकोसमेत भ्रमण गरी द्विपक्षीय सम्बन्धका बारेमा विभिन्न तहमा छलफल भएको थियो ।

    “प्रत्येक बैठकमा त्यहाँका राजनीतिक नेतृत्वबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुराउने एवं मेरो भ्रमणका अवसरमा नेपाल र चीनबाट संयुक्तरूपमा जारी वक्तव्यमा पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसका साथै चीनको जनकाङ्ग्रेसका अध्यक्षसँगको भेटमा संसदीय प्रणाली र कानुन निर्माणमा चीनको जनकाङ्ग्रेसको अनुभवसमेत बुझ्ने अवसर प्राप्त हुनुका साथै आपसी सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।”

    चीन भ्रमणअघि आफूले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन गरेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो ।

    सो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशमा पारेका प्रभावलाई केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले ती समस्याको निराकरणका उपायहरू, हिमाली राष्ट्रका समस्या, दिगो विकासका लक्ष्यको प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्याका बारेमा उल्लेख गरेको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्वसमुदायको गम्भीर ध्यानाकर्षण गराएको तथा अतिकम विकसित तथा भूपरिवेष्ठित राष्ट्रका समस्याप्रतिविश्वको ध्यानाकर्षण गराएको स्पष्ट पार्नुभयो ।

    अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो ।

    समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतङ्कवाद तथा निःशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले समग्रमा दुवै भ्रमण सफल भएको आफूले ठानेको बताउनुभयो । उहाँले चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको बताउनुभयो ।

    “उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीका संवेदनशील विषयमा नेपालले पालना गर्दै आएको नीतिको पुनःपुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ र अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउने संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाललगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराउनुभयो । रासस

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.