• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विषम परिस्थितिमा शान्त बस्ने ठेक्का हिन्दू समाजले मात्र लिनु पर्ने हो र ?


  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
  • हिन्दूहरू माथि निरन्तर आक्रमण, सरकार किन माैन ??

    Advertisement

    केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका घटना हुन थालेका छन् ।

    नेपालगञ्जमा पटक–पटक हिन्दू धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार हुँदा समेत प्रहरी प्रशासनको मौनताबाट आजित बनेका ‘ॐ’कार परिवारका सदस्यहरू एकजुट भएर मंगलबार नेपालगञ्ज बन्दको घोषणा गरेका छन् ।

    गाई काटेको विरोधमा सामान्य व्यक्तीले सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसको भरमा सम्पूर्ण हिन्दूहरूलाई परिचालित जातिवादी, नश्लवादी समुदायका वर्गले तारो बनाइ आईतबार बिहान गरिएको चक्काजाम तथा विरोध प्रदर्शनले यस क्षेत्रमा गाई काटेर खानेहरूलाई पश्रय दिने र त्यस्तै जमातको बोलबाला बढेको प्रष्ट हुन्छ ।

    हिन्दूहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरूको विरोध गर्दा सामाजिक सदभावको विषय उठान गर्ने प्रशासन र मुस्लिम समुदायले त्यसरी सदभाव विथोल्ने समुदाय र गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ किन आवाज नउठाएका हुन् ? षडयन्त्रको तार यतै–कतै जोडिएको हुनुपर्छ भनेर आशंका गर्ने प्रशस्त आधारहरू रहेको छन ।

    हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी चक्का जाम र शक्ति प्रदर्शन गर्न छुट दिने तर हिन्दूलाई सधैं सद्भाव र्‍याली गर्न दवाव दिने स्थानीय सरकारले अर्को पक्षलाई जे गर्न पनि प्रश्रय दिएको जस्तो देख्न सकिन्छ ।

    संविधानको मर्यादालाई उल्लङ्घन गर्दै ‘शर तन से जुदा’ भन्दै लगाईएको नाराको अर्थ के हो ? त्यसमा जिहादी नियत प्रष्ट झल्कन्छ । तर यस्तो सुनेर देखेर पनि बेवास्ता गर्ने स्थानीय सरकार र प्रहरी प्रशासनलाई के भन्ने ? यस्ता घटनाको पछाडि कतै स्थानीय सरकारकै केही व्यक्तिहरूको हात त छैन भन्ने आशंका समेत उत्पन्न भएको छ ।

    पछिल्लो समयमा नेपालगञ्जको नगरपालिकाको कार्यालयभित्र बैठक गरेर सडक आन्दोलनको प्रारूप तयार गरेको समेत खुल्न आएको छ । चोकमा उग्र प्रदर्शन गर्दै हिन्दू समुदाय विरुद्ध विषबमन गर्ने आततायीहरु विरुद्ध लक्षित गर्दै आज नेपालगञ्ज बन्द गरिए पनि शान्ति एकता र सद्भावको सन्देश दिदै आज नेपालगञ्जमा सद्भाव र्‍याली समेत सम्पन्न गरिएको थियो ।

    अहिले ईसाई, मंगोल र मुस्लिमद्वारा पटक पटक ठाडै रूपमा हिन्दू समाजमाथि प्रहार गर्दा पनि हिन्दू समाजले सद्भावकै गीत गाउनु र सरकारी पक्षले पनि सदभावकै लागि आग्रह गर्नुको कारण जिहादी पक्षलाई थप हौसला मिलिरहेको देखिन्छ ।

    यो स्वाभिमान, सम्मान र पहिचान जोगाउने समय हो । केही तुच्छ अपराधी मानसिकताका कारण नेपालगञ्जको सम्मान र पहिचान मेटाउने प्रयास भएको छ । जिहादी मानसिकता बोकेकाको प्रतिकार सदभाव र्‍याली गरेर हुँदैन । तसर्थ यस्तो माहौल जन्माउने व्यक्ति र यसका दोषीलाई प्रसाशनले कानून बमोजिम कडा कारबाही गर्नैपर्छ ।
    नेपालगञ्जको मेयर प्रशान्त विष्टद्वारा यस्तो घटना हुँदासमेत सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताको नाममा नेपालगञ्जवासीलाई शान्त, संयम र सुरक्षित बस्न आह्वान गरिएको छ ।

    अब तपाईं आफै सोच्नुस, यस्तो विषम परिस्थितिमा शान्त बस्ने ठेक्का हिन्दू समाजले मात्र लिनु पर्ने हो र ? नेपालगञ्जको सामाजिक एवम् धार्मिक विविधतायुक्त सुन्दरतामा अर्को पक्षले आघात पुर्‍याउने क्रियाकलाप गर्दा पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको नाममा सरकारी संयन्त्रद्वारा हिन्दू पक्षलाई दबाब दिने र समभाव एवं सहानुभूतिको नारा दिएर एकताको कुरा गर्नुले एकातर्फ शान्तिको सन्देश दिए जस्तो देखिएता पनि अर्को तिर अल्पसंख्यकको तुष्टीकरण गर्ने सरकारको लम्पसारवादी नीतिको प्रकटीकरण जस्तो देखिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसाल्ने अनि त्यही सीडीओ कार्यालयकै छतमा निस्किएर हिन्दी फिल्मी शैलीमा आफ्ना समुदायलाई सम्बोधन गर्दा पनि नेपाल प्रहरी छेउ मै रहेरपनी मौन बस्नुले नेपाल प्रहरी पनि त्यो जमातको अगाडि निरिह भएको जस्तो देखिएको छ ।

    हिन्दु समाज माथी नै प्रहार हुँदा समेत नेपालगञ्ज प्रशासनले हिन्दु समाजलाई नै सद्भाव र्‍याली निकाल्नलाई दबाब दिनु र अर्को पक्षले जे जस्तो कार्य गरे पनि चुप लागेर बस, मौन भएर बस भन्ने किसिमले शान्ति र सद्भावको नाममा ब्लाकमेल गरेर नेपालगञ्जको घटना बाहिर नजाओस भन्ने उद्देश्यले घटनासँग सम्वन्धित कुनै किसिमको फोटो, भिडियो, व्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गर्नुले, प्रशासनको नियतमाथि प्रश्न चिह्न खडा भएको छ ।

    यो देशमा ९४% ‘ॐ’कार परिवार हुँदाहुँदै पनि सिमित २/४% जातीको जातिय एवं धार्मिक भोटबैंकको लागि यहाँको जनप्रतिनिधिहरूले हिन्दु समाजलाई दबाउन खोज्दै गएको आभाष भईरहेको छ । धरानमा मन्दिरको सामु चर्च बनाईयो । जसले भोलिको दिनमा सामाजिक सद्भाव भड्किने र समाज विखण्डन हुने निश्चित छ । तर पनि सरकारी प्रशासन मौन रहयो । त्यसै घटनालाई विषयन्तरण गर्न कै लागि धरान लगायत नेपालको विभिन्न स्थानमा गाई काटियो । संविधानमा नै गौ हत्यालाई निशेध गरिएको छ । तर पनि संविधानलाई आत्मसात गर्दै नेपाल सरकारले नै हत्यारालाई पकडेर कारबाही अघि बढाउनु पर्नेमा घटनालाई बेवास्ता गर्दै त्यहाँ मेन स्ट्रीमका सम्पुर्ण मिडियाहरू समेत मौन बसे । राजनीतिक एवं सामाजिक विश्लेषक हुँ भन्नेहरूको समेत कुनै प्रतिक्रिया आएन । राजनीतिक चलखेल हुन दिई राखियो । फलस्वरूप देशमा विकराल अवस्थाको सिर्जना भयो । ठाउँ–ठाउँमा हजारौंको संख्यामा जनता सडकमा उत्रन बाध्य भए । तरपनी सरकार र स्थानिय प्रशासन मौन रहे ।

    त्यसैगरी सर्लाहीमा कृष्णाष्टमी पूजाको मूर्ति, विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मुर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाईयो । रातीको समयमा विद्युत कटौती गरेर स्थानीय रुपेश यादवमाथि छुरा प्रहार गरियो । तरपनी सरकारी संयन्त्र मौन रहयो । घटनालाई शान्त गर्नु भन्दापनि उक्त क्षेत्रको मुख्य मन्त्रीले मिडियामा भड्काउ अभिव्यक्ति दिदै हिडे । फलस्वरूप मलंगवामा झडप समेत भयो । तर यति हुँदा पनि सरकारी पक्षले अपराधीलाई कारबाही गर्नमा जोड दिने भन्दापनी हिन्दूहरूलाई बोलाएर सद्भाव र्‍याली निकाल्नमा जोड दियो । एकातिर अतिवादी आतंकी समुहले मनपरि गर्दै हिड्ने अनि अर्को तर्फ सरकार पक्षले दोषीलाई कारबाही गर्ने भन्दापनि सदभावको बिगुल फुक्दै हिड्नुले पनि सरकारको विभेदी नीति प्रष्ट झल्किन्छ ।

    त्यति मात्र नभएर, आतंकी घटना मधेश प्रदेशमा भयो तर बाग्मती प्रदेशमा हिन्दू, मुस्लिम र ईसाइको केही सिमित संगठनलाई बोलाएर जवर्जस्ती रूपमा सद्भाव र्‍याली निकाल्न र घटनालाई दबाउन हस्ताक्षर गराईयो । यसले पनि सरकारको नीयत माथी प्रश्न खडा भएको छ ।

    विभिन्न जाती एवं नश्लवादीहरूले जे–जे बोले पनि हिन्दूले सहनु पर्ने, उनीहरूले मनपरी गर्दा र हिन्दूको भावनामा ठेस लागे पनि सहनुपर्ने तर हिन्दूले चाहिँ प्रतिकार र प्रतिवाद नि गर्न नपाउनुले पनि हिन्दू समाज माथिको सरकारी नियन्त्रण प्रष्ट देख्न सकिन्छ । हिन्दूले कुनै गतिविधि सञ्चालन गर्दा कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस नपुग्ने गरेर कार्य गर्नुपर्ने तर उनीहरूले चाहिँ जे–जे बोले पनि मौन भएर बस्नु पर्ने यस्तो एकतर्फी नियम किन हिन्दूमाथि मात्रै लाद्ने प्रयास हुँदैछ ? के हिन्दूले मात्रै समभावको पाठ पढेर हिड्नुपर्ने अनि मंगोल, मुस्लिम र इसाईको नामधारी जमातलाई त्यो नियम लागू नहुने हो ?

    हिन्दूको भावनामाथि चोट पुग्ने गरी सामाजिक सञ्जालमा भिडियो फोटो पोष्ट गर्दै गाई काटियो तर प्रशासनले संवैधानिक नियमलाई आधार मानेर गाई काट्नु अपराध हो भनेर भन्न समेत सकेन । तर हिन्दूलाई सदभाव बिग्रन्छ मौन बस है भनेर अपिल गर्न चाहि भ्यायो । नेपालगञ्जमा एक सामान्य व्यक्तिको स्टाटसलाई आधार बनाएर त्यत्रो बितण्डा मच्चाईयो । हिन्दू समाजमाथि ठाडै प्रहार गरियो तर जब हिन्दूले प्रतिकार गर्ने अवस्था आयो । तब प्रशासनले हिन्दूलाई नै बोलाएर मौन बस है सामाजिक सदभाव भड्किन्छ भनेर रोक लगायो ।

    यहाँ शान्ति, सद्भाव र सहिष्णुतालाई आत्मसात गर्ने हिन्दू समुदायमाथि आततायी जमातले जे जसरी जस्तो गरे पनि हुन्छ, उसले छुट पाउँछ भन्ने भाष्य स्थापित गराइदैछ । आखिर किन ? कसको ईशारामा ? सहनुको पनि हद हुन्छ होला ? सहनुको सीमा सकिएपछि बाँकी के नै रहन्छ र ? त्यसैको प्रतिफल हो हिन्दु गुरु श्रीनिवासाचार्यको अभिव्यक्ति ।

    यसरी, सधै यो देशको नियम र संविधानले हिन्दूलाई मात्र रोक लगाउने अनि अरुहरूलाई जेमा पनि छुट दिने यो कस्तो नियम हो ? प्रहरीका अनुसार नेपालगन्जको उक्त युवकले सामाजिक सञ्जालबाट स्टाटस पनि हटाए र माफी पनि मागे तर माफी मागिसके पश्चात् पनि त्यत्रो आन्दोलन गर्नुको कारण के ? तसर्थ यो विषयमाथि हिन्दूले अब सोच्नु पर्ने बेला आएको छ ।

    आजैको घटनालाई हेर्ने हो भने हिन्दू गुरू श्रीनिवास आचार्यलाई सुनसरी चतराबाट प्रहरीले पक्राउ गरेको छ । उनले धरानमा र देशका अन्य भागमा संविधान र कानुनले वर्जित गरेको गौ हत्याको केसमा हिन्दूहरूले आमा समान मानी आएको गौमाताको हत्यारालाई कारबाही गर्न खरो रूपमा भाषण गरेका थिए । सरकार मौन बसेर आतंकी समुदायलाई बचाउन खोज्दा घटनाबाट पिडित भएर उनको मुखबाट त्यस्तो अभिव्यक्ति निस्किएको कुरा प्रष्ट छ । पिडामा कसैले गीत गाउँदैन । प्रतिकार अवस्री गर्दछ । यहाँ संविधानले नै निषेध गरेको गौ हत्या केसमा हत्यारालाई उन्मुक्ति दिने र हत्यारालाई कारबाही गर्नु पर्दछ भनेर शसक्त आवाज उठाउनेलाई पकडेर कारबाही अघि बढाउनुले पनि सरकारको एकपक्षिय अन्यायपूर्ण चरित्र प्रष्ट हुन आउँछ ।

    हत्यारालाई आममाफी, विधर्मीलाई साथ
    एउटा हिन्दू बोल्दैमा हिरासतको वास ।।
    आयो–आयो लुटतन्त्र, राजधर्म फालेर
    उठौँ जागौँ हिन्दू हो, नत्र जानुपर्ला भागेर ।।
    भन्ने यम प्रसाद पौडेल ‘दीपक’को कविताले सार्थकता पाएको प्रष्ट हुन्छ ।

    सहिष्णुता कदापि हिन्दूको कमजोरी होईन । यदि प्रशासनले समयमै परिपक्वता देखाएर विधर्मीलाई कारबाही गरेको भए यस्तो घटनाहरू आउने नै थिएन । सरकारको अपरिपक्वता एवं उचित र न्यायपूर्ण निर्णय क्षमतामा ह्रास आएकै कारण वर्तमान परिस्थिति निम्तिएको कुरामा दुई मत छैन । सरकारी संयन्त्रको यस्तै गलत रवैया भएको खन्डमा भोलिको दिनमा देशले ठूलो मूल्य चुकाउने कुरा निश्चित छ ।
    नेपाल आमाको जय ।।

    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.