• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सामूहिक प्रयासले मात्र अर्थतन्त्र सुध्रिन्छ : अर्थमन्त्री डा. महत


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • अर्थमन्त्री डा. प्रकाशशरण महतले सामूहिक प्रयास र सकारात्मक माहोल भएमात्रै अर्थतन्त्र सुधारिने बताउनुभएको छ । काँग्रेसको एक कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका मन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।

    Advertisement

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नकरात्मक बहस र छलफलले अर्थतन्त्र सुधारमा बाधा परेको गुनासो गर्नुभयो । “अर्थतन्त्रमा आएको शिथिलतालाई अन्त गरी गति दिन जरुरी छ । त्यसमा वित्तनीति सँगसँगै मौद्रिक नीतिको पनि ठूलो भूमिका रहन्छ” उहाँले थप्नुभयो, “जनता र देशलाई केन्द्रबिन्दु राखेर वित्त सुधारका लागि काम गर्नैपर्छ । त्यसका लागि सकारात्मक छलफल र बहस हुन जरुरी छ ।”

    नकारात्मक बहसले अर्थतन्त्रले गतिलिन रोकिने धारण राख्दै उहाँले अर्थतन्त्र अगाडि बढ्ने ठोस आधार अघि बढेको बताउनुभयो । “सरकारका निकायवाट सहजीकरण नीतिगत र व्यावहारिक प्रावधान पनि अघि बढेको छ । पर्यटन आगमन बढेको छ । रेमिटेन्स पनि बढेकै छ । यसले पनि वित्तीय प्रवाह भएको छ ।”

    आर्थिक गतिविधि बढेसँगै रोजगारी पनि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रोजगारी बढे आम्दानी बढ्छ आम्दानी बढेसँगै राजस्व बढ्छ । अनि बल्ल विकास निर्माणको काम गर्न पनि सकिनेछ उहाँले भन्नुभयो ।

    आर्थिक सुधारजस्तो काम जादुगरले जस्तो फटाफट गर्न नसकिने बताउनुहुँदै उहाँले सरकारले गृहकार्य सुरु गरेको तर समय लाग्ने बताउनुभयो । “हामी बाटाे पक्रिदैछौं । सकारात्मक कुरालाई प्रोत्साहन गर्ने र आत्मविश्वास दिन सक्नुपर्छ । सामाजिक सञ्चालनमा पनि सकरात्मक छलफल तथा बहस सुरु गर्नुपछै अनि अर्थतन्त्रले लय समात्नेछ” उहाँले भन्नुभयो ।

    विश्व बैक र एडीबीले पनि आर्थिक वृद्धि दर बढ्ने प्रक्षेपण गरेर नेपालको आर्थिक सुधारको सङ्केत गरेको उहाँले बताउनुभयो । “विश्व बैंकले यही वर्ष चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । तर नेपाल सरकारले यसमा छ प्रतिशतको प्रक्षेपण गरेको छ । त्यो हामी पूरा गर्छौं” उहाँले भन्नुभयो ।

    राष्ट्र बैंकले बिहीबार अघि सारेका केही नीतिगत निर्णयले पनि आर्थिक सुधारमा सहयोग पुग्ने उहाँको विश्वास छ । “आर्थिक चलायमान ब्याजदरको ठूलो भूमिका हुन्छ । ऋण प्रवाह गर्ने सीमाहरुले ठूलो भूमिका खेल्छ । शेयर बजारले पनि गति दिने र नदिनेमा प्रभावित गर्छ” उहाँले भन्नुभयो, “राष्ट्र बैंकको बोर्डले जुन निर्णय गरेको छ, त्यसले अर्थतन्त्रलाई गति दिन मद्दत गर्ने र सकारात्मक बाटोमा जाने विश्वास लिएको छु ।”

    शेयर बजार, जग्गाको कारोबार तथा अन्य उत्पादनशील क्षेत्रमा राष्ट्र बैँकको निर्णयले अर्थतन्त्र चलायमान हुने उहाँको विश्वास छ । बैँक तथा वित्तीय संस्थाहरु पनि आफ्नो तर्फबाट प्रतिस्पर्धी र पारदर्शी किसिमबाट चल्न जरुरी रहेको उहाँले बताउनुभयो ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.