भरतपुर महानगरपालिका वडा नं. २ रामकृष्ण टोलमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १४२ जनाले सेवा लिएका हुन् । रामकृष्ण आमा समूहको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५१ जनाले दन्त परीक्षण र ९१ जनाले मधुमेहको चेक जाँच गराएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले कोही पनि उपचारबाट बञ्चित हुन नपर्ने बताउनुभयो । सरकार नागरिकप्रतिको उत्तरदावित्व बहन गर्न तयार रहेको बताउँदै उहाँले आर्थिक अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
रामकृष्ण आमा समूहको अध्यक्ष सङ्गिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर २ का वडा अध्यक्ष मनोज रानाभाट लगायतले बोल्नु भएको थियो ।
