प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताउनु भयो ।
उहाँले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाइ छ ।
प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाइते भएकाहलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । गोरखापत्र अनलाइनबट
