हिजो मिति २०८० असोज २७गते भरतपुर स्थित चितवन गार्डेन रिर्सोटमा एकदिवसीय Simplified endodontic Workshop कार्यक्रम डा. देवेन्द्र कण्डेलको संयोजकत्व, नेपाल डेन्टल एशोसिएसन चितवन शाखा, डेन्टो मेड सोलुसन र ॐ सत्यम् डेन्टल एण्ड सर्जिकलको प्रायोजनमा सम्पन्न भएको छ । सोही कार्यक्रमबीच नेपाल डेन्टल एशोसियसन चितवन शाखाको कार्य समितिलाई पद तथा कार्य अधिकार हस्तान्तरण पनि वरिष्ठ अग्रज दन्तचिकित्सकद्वय डा. वसन्त श्रेष्ठ र डा. शुभप्रभात श्रेष्ठ को प्रमुख एवं विशिष्ठ अतिथ्यमा सम्पन्न भएको छ ।
सन् २०१० मा दन्त चिकित्सकहरूको सीप विकाश तथा नितिगत हकहित को प्रर्वद्धन र संरक्षण साथै दन्तचिकित्सा विधामा हुने माल प्राक्टिस न्यूनिकरण हेतु यस संगठनको चितवनमा स्थापना भएको हो। वर्तमान कार्यसमितिले पनि यी दुई मुद्धा लाई केन्द्रमा राखि कार्य गरिरहने प्रतिवद्धता जनाएको छ । हालको कार्यसमिति डा. पूजा कोइरालाको नेतृत्वमा चयन भएको छ । उपाध्यक्षमा डा.रोशन आर्चाय, सचिवमा डा. अनिषा पाण्डे, सहसचिवमा डा. सुनिल खरेल कोषाध्यक्षमा डा. मधुरेन्द्र साह, साथै सदस्यहरू डा. अर्चना सुवेदी, डा. जितेन्द्र कुमार साह, डा. लक्ष्मण पौडेल र डा. देवेन्द्र कण्डेल सर्वसम्मति द्वारा चयन हुनु भएको छ ।
यस कार्य समितिले आगमी वर्षको कार्यतालिका सार्वजनिक गर्दै आफ्नो क्षेत्राधिकार भित्र सेवा प्रदान गर्दै आउनु भएका सम्पूर्ण दन्तचिकित्सकहरुको व्यवसायीक एवं नितिगत हकहितको सुरक्षा, संरक्षण र विकाशमा निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरेको छ । “समाज संग दन्त चिकित्सक” भन्ने धेयका साथ आगामी समयमा विभिन्न स्थानमा दन्तशिविर साथै मुख स्वास्थ्य सचेतना कार्यक्रमहरु संचालन गर्ने प्रण गरेको छ ।
