• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बनेपामा क्यान्सर रोगको उपचार गरिने


  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । वि.सं.२०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ ।

    Advertisement

    क्यान्सर रोगका बिरामीलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिने अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताउनुभयो । उहाँका अनुसार सुरुमा क्यान्सर रोग पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो-थेरापी’ लगायत सेवा प्रदान गरिने छ ।

    यस्तै क्यान्सरका बिरामीका लागि सघन उपचार कक्ष (शय्या)को व्यवस्था गरिएको छ भने केमोथेरापी सेवाको व्यवस्थाका साथै विशेषज्ञ चिकित्सक र नर्सलाई तालिम पनि दिईसकिएको छ । क्यान्सर भएपछि हुने शारीरिक, मानसिक तथा आर्थिक तनाव कम गर्ने उद्देश्यले यस अस्पतालबाट सेवा दिन थालिएको उहाँले बताउनुभयो । “क्यान्सरको उपचार पनि महँगो छैन”, निर्देशक बस्नेतले भन्नुभयो । उपचारसँगै नागरिकमा क्यान्सरबारे सचेतना फैलाउने अभियान सुरु गर्ने योजना अस्पतालले बनाएको छ ।

    यस्तै महिलाका लागि हरेक महिना एक पटक आफै ‘ब्रेस्ट चेक’ गर्न अनुरोध गर्नका साथै खानपान र रहन सहनमा पनि ध्यान दिन अनुरोध गरिने उहाँले बताउनुभयो । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले हरेक दिन क्यान्सरका बिरामी बढिरहेको पाइएको तर बिरामीले सहज र नियमित उपचार सेवा नपाउँदा मानसिक तथा शारीरिकरूपमा थप अशक्त हुँदै गएको अवस्थामा यस अस्पतालमा उक्त रोगका बिरामीको उपचार सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

    यसैबीच विश्वव्यापीरुपमा स्तन क्यान्सर जागरुकता महिना (अक्टोबर) को अवसरमा स्तन क्यान्सरबारे सचेतनाका लागि नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रेपलाञ्चोक शाखाले उक्त अस्पतालको सहकार्यमा कात्तिक ३ गते बनेपामा वृहतर्याली आयोजना गर्ने भएको छ । रोग लाग्नै नदिने र लागिहाले समयमै उपचार गरी सरल जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त र्याली आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । रासस

    सोमबार, असोज २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.