दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । यिनको उपासना गर्नाले साधकले मणिपुर चक्रको सिद्धि प्राप्त गर्छ भनिन्छ । उसलाई देवीको कृपाले अलौकिक वस्तुहरू दर्शन हुन्छ । उसले दिव्य सुगन्ध अनुभव गर्छ र कैयौँ खालका ध्वनि सुन्छ।
यिनको मस्टकमा घण्टा आकारको आधा चन्द्रमा छ । त्यसैले यिनलाई चन्द्रघण्टा भनिएको हो । यिनको शरीर सुनझैँ चम्किलो छ । यिनका दस हात छन् । ती सबै खड्ग तथा अन्य अस्त्रशस्त्रले विभूषित छन् । यिनी सिंहमाथि सवार छिन् । यिनको भयानक ध्वनि सुनेर अत्याचारी दानवहरू काँप्छन् । यिनको आराधना गर्नाले वीरता र निर्भयता आउँछ । साथै सौम्यता र विनम्रता विकास हुन्छ।
