
रत्ननगर वडा नं।–१६ खेलकुद समितीले सञ्चालन गरेको टोल स्तरिय ८ ए साइड फुटबल खेलमा आज तेस्रो दिनमा दोबाटो टोल विकास संस्था र हात्तिगाडे टोल विकास बिच संस्था भएको खेलमा दोबाटोको समूहबाट दिलिप बरुवालले दोस्रो हापमा एकगोल गरी उक्त खेलमा म्यान अफ दि म्याच पनि घोषणा सहित बिचेता भएको छ ।

दशै लक्षित गरी स्वास्थको लागि खेल भन्ने नारा लिएर रत्तनगर न।पा।नं।– १६ मा अन्य विभिन्न खेलहरु पनि खेलाएको वडाको खेलकुद अध्यक्ष सुलज मगरले बताउनु भयो । पहिलो चरणको खेल भोली सकिने र अन्य भाला, सटपुट, म्युजिकल चियर र डोरी तान्ने खेलहरु पनि भइराखेको छ । फुटबलको फाइनल खेल तथा सम्पूर्ण खेलकुद कार्यक्रमसगौ विजेताहरुलाइ सम्मान र पुरस्कार वितरण कार्यक्रम काक्तिक ४ गते फुलपातीको दिन रहेको रत्ननगर १६ का
वडा अध्यक्ष हेमराज थापाले जानकारी गराउनु भयो।

