दुर्गाको नवौँ रूप हो सिद्धिदात्री । नवरात्रि पूजाको नवौं दिन देवी सिद्धिदात्रीको उपासना गरिन्छ । शिवले पनि सिद्धिदात्रीको कृपाले सबै सिद्धि प्राप्त गरेका थिए ।
यिनकै कृपाले महादेवको आधा शरीर देवीको भएको थियो र अर्धनारीश्वरका नामले प्रसिद्ध भएका थिए । यिनको साधना गर्नाले लौकिक र पारलौकिक सबै प्रकारका कामना पूरा हुन्छन्।
