• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

कलेजोको क्यान्सर


  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
  • कलेजोका कतिपय क्यान्सर कलेजोबाटै सुरु हुन्छन् । कलेजोको क्यान्सर कलेजोमै सुरु हुनेलाई प्राथमिक खालको मानिन्छ भने अन्य अङ्गमा लागेको क्यान्सर फैलिएर कलेजोमा पनि असर ग¥यो भने त्यसलाई द्वितीय प्रकारको भनिन्छ ।

    Advertisement

    अधिकतर अन्यत्रबाट फैलिएर कलेजोमा असर परेर कलेजोको क्यान्सर देखिन्छ । विश्वमा कलेजोको क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढ्दै छ । प्राथमिक खालको कलेजोको क्यान्सर विश्वमा छैटौँ मुख्य क्यान्सर हो भने यो क्यान्सरले हुने मृत्युको चौथो कारण पनि हो । सन् २०१८ मा करिब नौ लाख मानिसलाई कलेजोको क्यान्सर भएको थियो भने यसैका कारण आठ लाख मानिसको मृत्यु भयो ।

    हेपाटाइटिस बी र सी को सङ्क्रमण बढी हुने गरेको क्षेत्र जस्तै एसिया र अफ्रिकाको उप–सहारा क्षेत्रमा बढी मात्रामा कलेजोको क्यान्सर हुने गरेको देखिएको छ । बढीजसो ५५ देखि ६५ वर्ष उमेर समूहका मानिस यस क्यान्सरबाट प्रभावित हुने गरेका छन् । हेपाटोसेलुलर कार्सिनोमाले पुरुषलाई बढ्ता असर गर्ने गरेको छ । बालबालिका त्यति सारो कलेजोको क्यान्सरबाट प्रभावित हुँदैनन् ।

    प्रकार

    कलेजोको तन्तुमा आफैँ उत्पन्न हुने कलेजोको क्यान्सरलाई हेपाटोसेलुलर कार्सिनोमा भनिन्छ । यसका अतिरिक्त पित्त बाहिनी नली, कलेजोका रक्तनली वा यसका रोग प्रतिरोधात्मक कोषहरूमा पनि क्यान्सर लाग्न सक्छ । पित्त बाहिनी नलीमा हुने क्यान्सरलाई कोलान्जिओकार्सिनोमा, कलेजोका रक्तनलीमा हुने क्यान्सरलाई एन्जिओसार्कोमा र हेमान्जिओसार्कोमा, कलेजोको कोषमा उत्पन्न हुने क्यान्सरलाई हेपाटोब्लास्टोमा भनिन्छ ।

    शरीरका अन्य कुनै भागमा भएको क्यान्सर रक्तसञ्चार प्रणालीमार्फत कलेजोमा आइपुग्न सक्छ र त्यस क्यान्सरले कलेजोलाई पनि असर गर्न थाल्छ । जसलाई मेटास्टाटिक क्यान्सर भनिन्छ । कलेजोका क्यान्सरमध्ये सबैभन्दा मुख्य प्रकार चाहिँ हेपाटोसेलुलर क्यान्सर हो, कलेजोमा ८० प्रतिशत यही क्यान्सर देखिन्छ ।

    कारक तत्व

    लामो समयदेखि वा अधिक मद्यपान गर्ने मानिस वा हेपाटाइटिस बी वा सीबाट प्रभावित हुने मानिसको कलेजो बिग्रिन जान्छ । जसलाई चिकित्सा भाषामा लिभर सिरोसिस भनिन्छ । कालान्तरमा यही सिरोसिस क्यान्सरमा परिणत हुन जान्छ । यसरी हेपाटाइटिस बी र सीले भाइरस कलेजोको क्यान्सर (मुख्यतः हेपाटोसेलुलर क्यान्सर, आंशिक मात्रामा कोलान्जिओकार्सिनोमा पनि) उत्पन्न गर्न सक्छन् ।

    यसका अतिरिक्त कतिपय खाद्यवस्तुमा हुने एफ्लाटक्सिन, कलेजोमा बोसो जम्ने समस्या वा कलेजोमा सर्ने एक खालको परजीवी (लिभर फ्लुक) का कारणले पनि कलेजोको क्यान्सर हुन्छ । एफ्लाटक्सिन एक प्रकारको ढुसी (फङ्गस) हो । जुन बदाम, अन्न, कतिपय सागपातमा पाइन्छ । एफ्लाटक्सिनयुक्त खाद्यवस्तु व्यापारीले आफ्नो व्यापारिक फाइदाका लागि अन्य खाद्यवस्तुमा मिसावट गर्दछन् ।

    यसका साथै कलेजोमा देखा पर्ने गाँठागुँठी, मोटोपना, मधुमेह, धुमपान पनि कलेजोको क्यान्सरका कारक तìव हुन सक्छन् । त्यसै गरी कतिपयमा वंशाणुगत वा परिवार नियोजनका चक्की सेवनका कारण पनि यो क्यान्सर लाग्न सक्छ ।

    निदान

    कलेजोको क्यान्सरको निदानका लागि कलेजोसम्बन्धी रगत जाँच वा अल्ट्रासाउन्ड (भिडियो एक्सरे), सिटी स्क्यान, एमआरआई गर्नु पर्दछ । कलेजोको तन्तु निकालेर (बायोप्सी) गरेमा क्यान्सर हो वा होइन निश्चित हुन्छ । कोलान्जिओकार्सिनोमा निदानका लागि इआरसिपी भनिने पित्तनलीभित्र दूरबिन छिराई गरिने जाँच पनि गर्नुपर्ने हुन्छ ।

    त्यसै गरी रगतमा कलेजोका विभिन्न एन्जाइमको मात्रा एवं क्यान्सरको आशङ्कामा विभिन्न खाले ‘ट्युमर मार्कर’ पनि जाँचेर हेर्न सकिन्छ । अल्फाफिटोप्रोटिन, सिए १९–९, सिइए र सिए १२५ कलेजोको क्यान्सर निदानका लागि उपयुक्त यस्तै केही ट्युमर मार्कर हुन् ।

    रोकथाम

    कलेजोको क्यान्सरका सम्भावित कारणको जानकारी भइसकेपछि यसको रोकथाम गर्न कतिपय प्रयास गर्न सकिन्छ । पूरा मात्रामा हेपाटाइटिस बीविरुद्ध खोप लगाउने, मद्यपान नगर्ने (बन्द गर्ने), एफ्लाटोक्सिनयुक्त खाद्यवस्तु नखाने, मोटोपना घटाउने, मधुमेहलाई नियन्त्रणमा राख्ने कार्य गर्नु पर्दछ ।

    कलेजोसम्बन्धी अन्य कुनै समस्या भएका मानिसले प्रत्येक छ महिनाको अन्तरालमा अल्ट्रासाउन्ड गराउनु राख्नु बुद्धिमानी हुन्छ । त्यसो त रक्तदान गरिएको रगतमा एचआइभीका साथै हेपाटाइटिस बी र सी पनि परीक्षण गरिन्छ तर पनि रगत चढाउनु परेको खण्डमा राम्ररी जाँच गराइएको रगत मात्र प्रयोग गर्नु पर्दछ । त्यसै गरी राम्ररी निर्मलीकरण गरिएको सुई (सम्भव भएसम्म प्रत्येक पटक नयाँ सुई) प्रयोग गर्ने । लागुपदार्थ दुव्र्यसनीको हकमा यो निकै महìव एवं संवेदनशील कुरा हो किनकि नसाले लट्ठिन थालेपछि यी सावधानी नअपनाइँदा नसाद्वारा लागुपदार्थ दुव्र्यसनीमा पनि कलेजोको क्यान्सरको जोखिम बढ्न जान्छ ।

    पछिल्लो समय नेपालमा पनि टाटु बनाउनेहरू उल्लेख बढेका छन् । टाटु बनाउने, गराउने दुवैले रगतको माध्यमबाट लाग्न सक्ने कलेजोको क्यान्सरप्रति सजग हुनु पर्दछ । त्यसै गरी कपाल काट्ने, कटाउने दुवै पनि रहनु पर्छ ।

    लक्षण

    कलेजोको क्यान्सर विभिन्न कारणले हुन सक्ने भएकाले यसको लक्षण पनि कारक तत्व वा कलेजोको पनि कुन भागमा समस्या छ सोही अनुसार फरक फरक हुन सक्छ । जस्तै कोलान्जिओकार्सिनोमा कलेजोको क्यान्सरमा पसिना आउने, जन्डिस देखा पर्ने, पेट दुख्ने, शारीरिक तौल घट्ने, कलेजो सुन्निने हुन्छ । हेपाटोसेलुलर कार्सिनोमा क्यान्सरमा माथिल्लो पेटमा डल्लो देखा पर्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, उल्टी हुने, ढाड दुख्ने, जन्डिस देखा पर्ने, जिउ चिलाउने, शारीरिक तौल घट्ने, ज्वरो आउने हुन्छ ।

    उपचार

    कलेजोको उपचारको हकमा प्रभावित भागको शल्यक्रिया, ‘टार्गेट थेरापी’ भनिने औषधीजन्य उपचार एवं आवश्यकता अनुसार रेडियोथेरापी गर्नु पर्दछ । कतिपय मामिलामा ‘एब्लेसन थेरापी’ (प्रभावित भाग डढाइदिने), ‘इम्बोलाइजेसन थेरापी’ (प्रभावित भागमा रगत प्रवाह गर्ने रक्तनली बन्द गरिदिने) गरिन्छ भने पछिल्लो समय लिभर ट्रान्सप्लान्ट गर्ने कार्य पनि बढ्दो छ ।

    अन्त्यमा

    नेपालमा नसाद्वारा लागुपदार्थ लिने, टाटु बनाउने, भोजभतेरमा रक्सी सेवन गर्ने एवं नेपालीमा पनि मोटोपना बढ्दै गएका कारण कलेजोको क्यान्सरको जोखिम बढ्दो छ । गोरखापत्र अनलाइनबाट

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.