• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा


  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
  • चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।

    Advertisement

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताउनुभयो । उहाँले हाल नेपालमा अध्ययन गर्न नपाउँदा नेपाली विद्यार्थी विदेश जाने क्रम बढेको भन्दै नेपालमा नै एक सय शय्या भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स तथा तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएस पढाइने बताउनुभयो ।

    उहाँले यसो गर्दा नेपाललाई मेडिकल हब बनाउन सकिने भन्दै चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागिसकेको बताउनुभयो । यो वर्षबाटै अध्ययन गराउन सकिने उहाँको भनाइ छ ।

    ८४ अङ्क ल्याएर पनि नर्सिङ अध्ययन गर्न नपाउनु विडम्बना रहेको भन्दै उहाँले चिकित्सा शिक्षाको यो कामले नेपालको मेडिकल शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्नुभयो । चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारीसमेत भइरहेको उहाँको भनाइ छ ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयले सातवटै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन हुने बताउनुभयो । योजना कार्यान्वयन भएमा सरकारी अस्पतालमध्ये राप्ती, नारायणी, वीर, भरतपुर, लुम्बिनी अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन हुने छ ।

    सचिव पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न छलफल थालेको बताउनुभयो । उहाँले भौतिक संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जाने बताउनुभयो । उहाँले सहमतिका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखिसकेको बताउनुभयो ।

    यसैबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यमा धेरै उपलब्धि हुँदै गएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा जनताले अनुभव गर्ने गरी प्रगति भएको बताउनुभयो । उहाँले अब उपचार नै नपाउने अवस्था नहुने बताउनुभयो ।

    उहाँले दीर्घकालीन रूपमा हुने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको बताउनुभयो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने सङ्ख्या बढ्दै गएकाले अब स्वदेशमै स्वास्थ्य जनशक्ति उत्पादन गरिने बताउनुभयो । अब विदेशबाट नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि आउने छन्, मन्त्री बस्नेतले भन्नुभयो, “नेपाललाई मेडिकल हब बनाइने छ ।” उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले गुणस्तरीय र सहज स्वास्थ्य सेवामा सरकार केन्द्रित रहेको बताउनुभयो ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदलाई प्रोत्साहन गर्न सके मात्र देशमा स्वस्थ नागरिकको परिकल्पना गर्न सकिने बताउनुभयो ।

    औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागमा जनशक्तिको अभाव रहेको गुनासो गर्नुभयो ।

    शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.