• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्यमन्त्री


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न समेत बाधा पुगिरहेकोले बाल विवाह रोक्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

    भीमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा लामाले धुस्कोट क्षेत्रमा अहिले पनि बालविवाह प्रमुख समस्याको रुपमा रहेको र हालै मात्र विद्यालयमा अध्ययनरत आठ जनाले बालविवाह गरेको जानकारी गराए पछि स्वास्थ्यमन्त्री बस्नेतले बाल विवाह रोक्न विद्यालयको एक्लो प्रयासले मात्र नसकिनेमा जोड दिनुभयो ।

    कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘बाल विवाह अन्त्य गर्न विद्यालयले मात्र सक्दैन । यसका लागि प्रत्येक अभिभावक पनि सचेत हुनु पर्छ । आफ्ना छोराछोरीका गतिविधि निगरानी गर्नुपर्छ र समाजमा यसका विषयमा जनचेतना विस्तार गर्नु अझै आवश्यक छ ।’’

    आफूले ४१ वर्षको उमेरमा विवाह गरेको स्मरण गर्नुहुँदै सानै उमेरमा विवाह गर्दा पढाइका साथै करिअर नै ध्वस्त भएका थुप्रै उदारहण समाजमा भएको मन्त्री बस्नेतले बताउनुभयो ।

    सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला बनाउनमा आफ्नो ठूलो योगदान गरेको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले ३२ वर्षसम्म आफ्नो पहलमा सिन्धुपाल्चोकका साढे १४ हजारभन्दा बढी विद्यार्थीलाई वर्षौसम्म कोचिङ पढाएर शिक्षाको स्तर उकास्ने काम गरेको बताउनुभभयो ।

    कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनु पर्छ भन्ने अभियानलाई देशव्यापी बनाउन सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी, बाह्बिसे र भोटेकोशी गाउँपालिकाबाट निःशुल्क पढाउने कामको सुरुवात भइसकेको जानकारी समेत बस्नेतले दिनुभयो । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा पाउनबाट बञ्चित हुन नपर्ने उद्घोषका साथ स्वास्थ्य मन्त्रीका हैसियतले आफू लागिरहेको बताउनुहुँदै मन्त्री बस्नेतले ६ महिनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको दाबी गर्नुभयो । उहाँले गफ गर्ने तर काम नगर्ने नेतालाई मतदान गरेर जिताउनुभन्दा काम गर्ने र जनताका सुखदुःखमा साथ दिने नेतालाई जिताए पठाउन सल्लाह दिए ।

    भिमसेन माध्यमिक विद्यायलयको खेल मैदान निर्माणका लागि व्यक्तिगत रुपमा मन्त्री बस्नेतले ५१ हजार सहयोग गर्ने आश्वासन दिनुभयो ।

    कार्यक्रममा पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापाले स्वास्थ्य मन्त्री बस्नेतले मन्त्री भएको बेला मात्र नभएर मन्त्री नभएको बेला समेत शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको स्मरण गर्दै बस्नेत जस्तो नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताउनुभयो ।

    बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले विद्यालयको खेल मैदान निर्माणका लागि पालिकाले आउदो वर्षको बजेटमा १० लाख विनियोजन गर्ने बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष सरु लामाले खेल मैदान निर्माणका लागि आफुले व्यक्तिगत रुपमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराएको बताउनुहुँदै बाल विवाह अन्त्य गर्नका लागि पालिकाले अभियान नै चलाउने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यक हीरा लामाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयको विकासमा योगदान पुर्‍याएका अभिभावक र उकृष्ण अङ्क ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई स्वास्थ्यमन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।गोरखापत्र अनलाइनबाट

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.