• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कर परीक्षणले जोगियो छब्बिस अर्ब


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

    Advertisement

    विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ ।

    गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५० करोड रुपियाँ नोक्सानी घटाउने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ ।

    विभिन्न कर शीर्षकमध्ये विभागले आय कर निर्धारणतर्फ १० अर्ब ५० करोड आय कर निर्धारण गर्ने लक्ष्य राखेकामा १५ अर्ब ३२ करोड रुपियाँ आयकर निर्धारण गरेको छ । त्यस्तै दुई अर्ब ७५ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा चार अर्ब २१ करोड रुपियाँ कर निर्धारण भएको छ । अन्तःशुल्कतर्फ १२ करोड ५० लाख रुपियाँ निर्धारण गर्ने लक्ष्य रहेकामा ३३ करोड ६२ लाख रुपियाँ निर्धारण भएको विभागको तथ्याङ्क छ ।

    यसरी पूर्ण कर परीक्षण गर्दा कर विवरणमध्ये प्रतिकरदाता औसत एक करोड ५६ लाख रुपियाँ नोक्सानी घटेको हिसाब छ । आयकरतर्फ पूर्ण कर परीक्षणपश्चात् प्रतिकरदाता औसतमा २७ लाख छ हजार, मूल्य अभिवृद्धि करतर्फ प्रतिकरदाता औसतमा पाँच लाख ६९ हजार र अन्तःशुल्कतर्फ प्रतिकरदाता २२ हजार रुपियाँ कर निर्धारण भएको पनि विभागले जनाएको छ ।

    पूर्ण कर परीक्षणबाहेक कर परीक्षणबाट पनि विभागले कर नोक्सानी घटाएको उल्लेख गरेको छ । विभागका अनुसार गत आवमा सात सय करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा ६८२ करदाताको कर परीक्षण सम्पन्न भएको थियो । जसबाट ५१ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा ५९ करोड २८ लाख कर निर्धारण भएको तथ्याङ्क छ ।

    त्यस्तै अग्रिम कर कट्टी परीक्षणतर्फ दुई हजार ५५० करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा दुई हजार ५१८ वटा कर परीक्षण भएको पनि विभागले उल्लेख गरेको छ । अग्रिम कर कट्टीतर्फ गत आवमा परीक्षणबाट एक अर्ब चार करोड रुपियाँ माग हुन सफल भएको विभागले जनाएको छ ।

    विभागले गरेको बजार अनुगमनका कारण पनि राजस्व केही थप भएको छ । गत आवमा १८ हजार करदाताको स्थल अनुगमन गर्ने लक्ष्य रहेकामा १८ हजार ९९५ करदाताको बजार अनुगमन भई विभागले दुई करोड ६८ लाख जरिबाना निर्धारण गरेको छ ।

    विभाग अन्तर्गतका ठुला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयका लागि पाँच वटा समूह परीक्षण गर्ने लक्ष्य राखेकामा विभागले गत आवमा दुई वटा मात्र समूह परीक्षण गरेको छ ।

    यस्तो समूह परीक्षणबाट दुई लाख ९७ हजार मूल्य अभिवृद्धि कर र ८२ लाख ३६ हजार आयकर निर्धारण भएको विभागले जनाएको छ । करदाताले बुझाएको कर विवरणमा चित्त नबुझे अथवा शङ्का लागेमा विभागले कर परीक्षण गर्छ । आवश्यकता अनुसार कर परीक्षण तथा पूर्ण कर परीक्षण विधि, समूह कर परीक्षण विधिमार्फत विभागले कर निर्धारण गर्छ ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.