• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘भरोसा जगाउने काम गरेका छौँ’


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”

    Advertisement

    उहाँले सरकारले नागरिकता ऐन, मिटरब्याजी, भुटानी शरणार्थी प्रकरण, भूमाफियालाई कारबाही गर्ने जस्ता विषयमा गरेको कामले नागरिकमा उत्साह थपिएको बताउनुभयो । गठबन्धन सरकार भएकाले आफूलाई केही सुविधा र केही असहजता भए पनि सबैको सहयोगमा केही उल्लेखनीय काम गर्न सकेकोमा प्रधानमन्त्री प्रचण्डले सन्तोष व्यक्त गर्नुभयो ।

    “सुशासनको क्षेत्रमा यस अवधिमा भएका केही कामले जनतामा थोरै नै भए पनि विश्वास जागेको छ,” उहाँले भन्नुभयो, “सुशासनको नीति अन्तर्गत भएका कामले सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय काम भएका छन् ।”

    खास गरी सामाजिक सुरक्षा कोष र बिमाका क्षेत्रमा भएका कामले सामाजिक न्यायमा बल पुगेको उहाँको ठम्याइ छ । उहाँले भन्नुभयो, “अब सामाजिक सुरक्षा कोष र बिमालार्ई एकीकृत रूपमा लैजान सके अझै प्रभावकारी हुन सक्छ ।” श्रमिकलाई अझै सुरक्षित महसुस गर्ने अवस्था निर्माणमा सरकारले प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो ।

    कोषमा रहेको रकमलाई अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके मुलुकको कायापलट हुने दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “झन्डै ८० अर्ब रुपियाँ छ, त्यसलाई उत्पादनमा लगाइयो भने आर्थिक प्रगतिमा ठुलो बल पुग्ने छ ।” उहाँले देशको आर्थिक पक्षलाई सबल बनाउन धेरै प्रयास गरिरहेको र अब एक धक्का दिन सके सकारात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    लोकतन्त्र बलियो बनाउने दायित्व

    अर्को प्रसङ्गमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले ठुलो सङ्घर्ष गरी प्राप्त लोकतन्त्र बलियो बनाउने दायित्व सबैको भएको बताउनुभयो। “लोकतन्त्रमाथि कसैले धावा बोल्न खोजेमा त्यसको प्रतिकार हामी सबैले एक भएर गर्नु पर्छ,” उहाँले भन्नुभयो । नेपालको संविधानले जनतालाई धेरै अधिकार दिएकाले कसैले चिन्ता गर्नु नपर्ने पनि उहाँले प्रस्ट गर्नुभयो । कसैले कुनै कुरा प्राप्त गर्न चाहे विधिसम्मत ढङ्गबाट उपलब्ध हुने व्यवस्था अहिलेको संविधानमै रहेको उहाँले प्रस्ट पार्नुभयो ।

    संविधानले व्यवस्था परिवर्तनको अधिकारसमेत दिएकाले अराजक ढङ्गले आउन नपर्ने उल्लेख गर्दै उहाँले संविधान र लोकतन्त्रप्रति अनास्था फैलाउन कसैले होहल्ला गर्न खोजेको तर त्यसले समाजलाई विखण्डित गर्न नसक्ने स्पष्ट पार्नुभयो । हालै राजधानीमा गर्न खोजिएको होहल्ला बिस्तारै साम्य भइसकेको र जनताले यसबारे राम्रो जानकारी राखेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

    उहाँले यही मङ्सिर ७ गते व्यवस्थाविरोधीका नाममा चलाइएको हल्लाले केहीलाई भ्रमित पार्न खोजे पनि नेपाली नागरिकले त्यसको नेतृत्व र नीतिलाई राम्ररी चिनेको बताउनुभयो । “राजतन्त्र फर्कने हल्ला गर्नेहरू नै आपसमा विभाजित रहेको अवस्थामा यसले भ्रमको खेती मात्रै गर्न खोजिएको हो,” उहाँले भन्नुभयो ।

    उदार प्रजातन्त्रमा आफ्ना मुद्दा राख्न कसैले नरोक्ने भएकाले यसलाई समुन्नत बनाउने जिम्मेवारी समाजको हरेक वर्गले गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले यसमा पत्रकारको दायित्व अझै उत्तरदायी हुनु पर्छ भन्नुभयो ।

    गठबन्धन नटुट्ने प्रस्टोक्ति

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरण र गठबन्धन नबदलिने बताउनुभयो । उहाँले गठबन्धनभित्र केही विषयमा ठुलो असहमति नरहेकाले सरकारको भविष्यलाई प्रभाव नपार्ने प्रस्ट पार्नुभयो । उहाँले सरकारका तर्फबाट गठबन्धनका दल र प्रतिपक्षी दलसँग पनि सहकार्यका माध्यमबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्रसँगै प्रतिपक्षी एमालेसहित सबै प्रमुख दल प्रतिबद्ध रहेकाले पनि राजनीतिक रूपान्तरण र स्थायित्वको यात्रा सहज हुने बताउनुभयो । उहाँले गणतन्त्रमा सबैलाई आफ्ना गतिविधि गर्न छुट रहेको प्रस्ट पार्दै संविधान प्रतिकूलका कार्य गर्न कसैलाई छुट नभएको भनाइ राख्नुभयो ।

    यसै गरी प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित नेताहरूका नाममा काठमाडौँ जिल्ला अदालतबाट जारी ३५ दिने पक्राउ पुर्जीको विषयमा के भएको हो भनेर बुझ्ने बताउनुभयो ।

    सामाजिक सञ्जाललाई नियमन

    कहिलेकाहीँ समाज अराजकतातिर नजाओस् भनेर अलोकप्रिय कामसमेत गर्नुपर्ने बताउँदै उहाँले हालै सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्धलाई व्यवस्थित गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

    सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा नियमन गर्नुपर्नेमा आफू प्रस्ट रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक तयार भइरहेकाले यसको हल खोज्न आफू लचिलो रहेको बताउनुभयो । “पत्रकार साथीहरूको विचार सुन्दा यसलाई नियन्त्रणभन्दा नियमन गर्नु उचित हुने जस्तो लाग्यो, विधेयक तयार गर्दा त्यस दिशामा जान सकिन्छ,” उहाँले भन्नुभयो ।

    अहिले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको भन्दै उहाँले नेपालले उठाएका मुद्दा विश्वले सुन्न थालेको जानकारी दिनुभयो । हालै कोप–२८ मा सहभागी भएर फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले यस पटकको सहभागिताले नेपाललाई ठु्लो लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक तहमा आफूले हस्तक्षेप गरे जस्तै प्राविधिकलगायत अन्य पक्षमा समेत नेपालले हस्तक्षेप गर्नुपर्ने उहाँको तर्क छ ।

    प्रधानमन्त्री प्रचण्डले हमासद्वारा इजरायलमा गरेको आक्रमणमा बन्दी बनाइनुभएका विपिन जोशीलाई सकुसल नेपाल फर्काउने प्रयास भइरहेको जानकारी दिनुहुँदै भन्नुभयो, “अरू मुलुकभन्दा पहिला नेपालले नेपालीलाई इजरायलबाट उद्धार गरेको सम्झनु पर्छ, विपिनलाई छिट्टै सकुसल उद्धार गरिन्छ ।”

    उहाँले केही देशबाहेक रसिया र युक्रेनमा समेत नेपालीहरू सेनामा भर्ती भएको बारे आधिकारिक धारणा स्पष्ट गर्ने बताउनुहुँदै सम्बद्ध देशलाई भर्ती नगर्नेसमेत अपिल गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भारतसँगको सीमा विवाद सुल्झाउन संवाद नै एक मात्र विकल्प रहेको बताउँदै यसबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल भएको जानकारी दिनुभयो ।

    ठुल्ठुला परियोजनाको काम हुँदै

    उहाँले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा ठुल्ठुला परियोजनासहितको सुधारको प्रयास थालेको बताउनुहुँदै भन्नुभयो, “अपर तामाकोशी, पञ्चेश्वरको डिपिआर र बुढीगण्डकी परियोजना सबै ठुल्ठुला परियोजना यही सरकारको प्रयास हो ।”

    एनसेल सेयर बिक्रीबारे चासो

    हालै एनसेलले आफ्नो सेयर बिक्री गरेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले यसबारे आफूले अध्ययन गरेपछि मात्रै प्रक्रिया अघि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकपक्षीय रूपमा खरिद बिक्री हुन सक्दैन । त्यसको नियमन र निगरानी गर्ने प्रक्रिया हुन्छन् । त्यसबारे छलफलपछि मात्रै थप प्रक्रिया अघि बढ्ने छ ।” आफ्नो कार्यकालमा मेगा प्रोजेक्टहरूलाई प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.