• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारी गरेका छौँ’


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकारले नयाँ घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा सरकार अत्यन्त गम्भीर रहेको र समाधानका लागि सबै सरोकारवालासँग बृहत् बैठक गरेर केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बिहीबारदेखि सुरु चौथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसका लागि सरोकारवाला सबैको सक्रिय सहभागिता र महत्वपूर्ण सुझावको सरकारले अपेक्षा गरेको बताउनुभयो ।

    Advertisement

    उहाँले तथ्याङ्कले अर्थतन्त्र सुधार हुँदै गएको देखाए पनि व्यवहारमा त्यस्तो नदेखिएकाले सुधारका लागि थप प्रयत्न आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ तर व्यवहारमा आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ ।”

    उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रम अगाडि बढाइरहेकाले यसका लागि व्यवसाय र सबै सरोकारवाला पनि जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न आफ्नै पहलमा सरोकारवालासँग नियमित छलफल गरिरहेको जानकारी दिनुभयो ।

    “अर्थतन्त्रको विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु,” प्रधानमन्त्रीले भन्नुभयो, “केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञ सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तर्क्रिया गरेको छु ।” उहाँले अन्तर्क्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएकाले त्यसले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्मेलनका क्रममा उहाँले नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । हालै संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित उद्यमी व्यवसायी सम्मेलनका क्रममा पनि आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले व्यवसाय तथा उद्यमशीलता प्रवर्धनका लागि नैतिक अभ्यास महत्वपूर्ण हुने पनि बताउनुभयो । उहाँले जिम्मेवार व्यावसायिक अभ्यास नैतिक, सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक हुने उल्लेख गर्दै भन्नुभयो, “जिम्मेवार अभ्यासमार्फत व्यवसायीले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् ।”

    उहाँले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने छ भन्ने विश्वास सरकारको रहेको भन्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेका कदममा सबैको साथ र सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

    सम्मेलनको आयोजक राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले कोभिड सङ्क्रमण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जित आर्थिक समस्या, बढ्दो विदेश पलायनलगायत कारणले नेपालको अर्थतन्त्रको चरित्र परिवर्तनको सँघारमा रहेको बताउनुभयो । उहाँले यस्तो चुनौतीपूर्ण समयमा आशा जगाउन सबैको सामूहिक प्रयत्नको खाँचो रहेको र सम्मेलनले त्यसलाई आत्मसात् गरेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रविधि र यसको आयाममा विकसित परिवर्तनले व्यवसायको प्रकृतिलाई परिवर्तन र प्रतिस्पर्धी गराउँदै लगेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा प्रविधिको उपयोगमार्फत व्यवसायको दिगो प्रवर्धन नेपालका लागि चुनौतीपूर्ण हुन सक्ने बताउँदै प्रविधिमा लगानी बढाएर व्यवसायको सञ्चालन लागत घटाउने दिशामा नेपालले जोड दिनुपर्ने बताउनुभयो ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.